एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल नासर « Khabarhub

एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल नासर


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अल नासर एशियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलमा युएईको क्लब अल ऐनसँग पेनाल्टी सुटआउटमा पराजित हुदै अल नासर एएफसी च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

दोस्रो लिगमा अल नासरले ३–२ को नतिजा निकालेसँगै पहिलो लिगमा १–० गोलले हारेको आधारमा खेल ३–३ गोलको बराबरी भएपछि ३० मिनेट अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल ४–३ गोलले सकियो र समग्रमा खेल ४–४ ले बराबरी भयो ।

त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा अल नासरका क्रिस्टियानो रोनाल्डो बाहेक अन्य तीन खेलाडीले गोल गर्न सकेनन् र अल नासरले खेल ३–१ ले हार्न पुग्यो ।

यो हारसँगै अल नासर एशियन च्याम्पियन्स लिगमा क्वाटरफाइनलबाट नै बाहिरिएको छ भने अल ऐन सेमिफाइनलमा पुगेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ९ : २६ बजे

दलित सहमहामन्त्रीमा प्रकाश विजय

काठमाडौं– नेपाली कांग्रेसको दलित सह महामन्त्रीमा प्रकाश रसाइली स्नेही विजयी

कलंकी अन्डरपास सफाइ र रङरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– दसैँलाई लक्षित गर्दै सडक विभागले उपत्यकाका सडकमा सफाइ तथा

निर्मल पुर्जाको ‘पोर्टर हाउस’ परियोजनाले पायो अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको परिकल्पनामा हिमाली भरियाहरूको जीवन सहज

नारायणी नदी नियन्त्रण आयोजना बहुवर्षीय बनाउन जोड

नारायणगढ– नारायणी नदी नियन्त्रण आयोजनालाई बहुवर्षीय बनाएर काम गरिने भएको

राष्ट्रिय सेवा दल तालिम प्रभावकारी बन्दै

भोजपुर– सेनाले सञ्चालन गर्दै आएको राष्ट्रिय सेवा दल तालिम प्रभावकारी