सत्ता गठबन्धनका पाँच दलबीच ७ बुँदे सहमति « Khabarhub

सत्ता गठबन्धनका पाँच दलबीच ७ बुँदे सहमति


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पाँच दलीय गठबन्धनबीच ७ बुँदे सहमति भएको छ ।

आज नयाँबानेश्वरमा बसेको नेकपा माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी)को बैठकमा ७ बुँदे सहमति भएको हो ।

५ दलबीच राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार सरकारको कामलाई थप प्रभावकारी बनाउन तथा मुलुकको सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूबीच सहकार्य गरी वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने सहमति भएको छ ।

यस्तै, राष्ट्रियसभाको रिक्त अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने, नयाँ सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग संवाद अघि बढाउने सहमति भएको छ ।

यसैगरी, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक, शान्ति प्रक्रिया र देशमा स्थायी शान्ति कायम गर्नका लागि यससँग सम्बन्धित अन्य विषयहरू सहमतिका आधारमा अविलम्ब टुंग्याउने सहमति पत्रमा उल्लेख गरिएको छ ।

मुलुकका आर्थिक समस्यालाई सम्बोधन गर्दै राष्ट्रिय हित र लोकतन्त्रलाई सुदेढ बनाउन सरकारले नीति तथा कार्यक्रमलाई मार्गदर्शन गर्ने गरी सरकारमा सहभागी दलहरूबीच साझा न्यूनतम कार्यक्रम तयार गर्न दलहरू सहमत भएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १२ : ३८ बजे

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको

गैर–मुस्लिम विदेशीलाई मदिराको पहुँच खुकुलो बनाउँदै साउदी अरब

रियाद- साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक