जसपा संसदीय दलको बैठक बस्दै « Khabarhub

जसपा संसदीय दलको बैठक बस्दै


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको बैठक आह्वान गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (बुधबार) प्रतिनिधिसभाबाट लिन लागेको विश्वासको मतलगायत विषयमा छलफल र निर्णय गर्नका लागि आज अपराह्न ४ बजे सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा बैठक बोलाइएको हो । 

सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले दिएको जानकारीअनुसार आजको बैठकले वर्तमान सरकारमा पार्टीको उपस्थितिका साथै सरकारलाई विश्वासको मत दिनेलगायत विषयमा निर्णय गर्नेछ । 

प्रधानमन्त्री दाहाललाई यसअघि विश्वासको मत दिएको नेपाली कांग्रेसले सो मत फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले भोलि संसद्बाट विश्वाको मत लिने कार्यक्रम छ । 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १२ : ४३ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर