वाचा पूरा नगर्दा स्कर्ट र ब्लाउजमा मेयरले गरे नगर परिक्रमा | Khabarhub Khabarhub

वाचा पूरा नगर्दा स्कर्ट र ब्लाउजमा मेयरले गरे नगर परिक्रमा


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मेक्सिकोका एक मेयरले नगरवासीसँग गरेको बाचा पूरा गर्न नसक्दा अनौठो चटक देखाएका छन् । उनले आफूले आफैलाई कारबाही गर्दै महिलाको कपडा लगाएर सहरका गल्ली गल्ली घुमेका हुन् ।

मेयर जेवियर सजमेनेजले आफूले आफैलाई गरेको कारबाहीको एउटा भिडियो सार्वजनिक भएको छ। जसमा उनले लामो स्कर्ट र सेतो रंगको ब्लाउज लगाएका छन्।

सो भिडियोमा उनीसँगै एक अर्का व्यक्ति पनि महिलाकै लुगा लगाएर उनीसँगै हिडेका छन् । मेयरले करिब १.८ करोड रुपैयाँ सरकारी सम्पत्ति दुरुपयोग गरेको स्थानीयको आरोप छ । मेयरले चुनावमा भनेका कुनैपनि कुराहरु पुरा नगरेको समेत उनीहरुको आरोप छ ।

मेयरविरुद्ध स्थानीयले अनेकथरी आरोप लगाउन थालेपछि ती मेयरले आफूलाई कारवाही गर्दै यस्तो कदम उठाएको जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ७ : ३८ बजे

भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो

काठमाडौं – आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन

टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं – नेपाली क्रिकेट टोली आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा एक

खेरसोनमा राष्ट्रसङ्घको सहायता टोलीमाथि रूसी आक्रमण

किभ, युक्रेन – युक्रेनको आंशिक रूपमा रूसी नियन्त्रणमा रहेको खेरसोन

पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा

म्याग्दी – गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त