वेष्ट इन्डिजविरुद्धको शृङ्खला भारतको ‘क्लिन स्विप’ « Khabarhub

वेष्ट इन्डिजविरुद्धको शृङ्खला भारतको ‘क्लिन स्विप’


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले क्यारेबियन टोली वेष्ट इन्डिजविरुद्धको तीन खेलको टि–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’ गरेको छ । शृङ्खलाको अन्तिम खेलमा भारतले वेस्ट ईन्डिजलाई ७ विकेटले हराउँदै उपाधि हात पार्यो ।

गुएना नेशनल स्टेडियममा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले भारतलाई १ सय ४७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । १ सय ४७ रनको लक्ष्य भ्रमणकारी टोली भारतले ५ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि ऋषभ पन्तले नटआउट ६५ रन प्रहार गर्दै भारतलाई जित दिलाए । यस्तै, कप्तान विराट कोहलीले ५९ रन, के एल राहुल २० रन बनाए ।

भारतविरुद्ध वेस्ट ईन्डिजका ओशेन थोमसले सर्वाधिक २ विकेट लिएका थिए । टस हारेर पहिलो ब्याटिङ गरेको सुरुवाती ब्याटिङ गरेको वेस्ट ईन्डिजले ६ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । इन्डिजका लागि किरोन पोलार्डले ५८ रन बनाउनु बाहेक अन्य खेलाडीले खासै गतिलो रन जोड्न सकेनन् ।

रोभमन पोवेलले नटआउट ३२ रन बनाएका थिए । भारतका दिपक चाहरले सर्वाधिक ३ विकेट लिएका थिए । वेस्ट ईन्डिज भ्रमणमा रहेको भारतले तीन म्याचको टी–ट्वान्टी र तीन म्याचको वन डे सिरिज खेल्नेछ । त्यस्तै दुई म्याचको टेष्ट सिरिज समेत खेल्नेछ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ८ : ४७ बजे

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

गोरखा- अजिरकोट गाउँपालिका–३ भच्चेकमा दुई दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर

साफ यु–१९ महिला च्याम्पियनसिपको तयारी पूरा

कास्की – पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा भोलिदेखि सुरु हुने दक्षिण