वेष्ट इन्डिजविरुद्धको शृङ्खला भारतको ‘क्लिन स्विप’ « Khabarhub

वेष्ट इन्डिजविरुद्धको शृङ्खला भारतको ‘क्लिन स्विप’


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले क्यारेबियन टोली वेष्ट इन्डिजविरुद्धको तीन खेलको टि–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’ गरेको छ । शृङ्खलाको अन्तिम खेलमा भारतले वेस्ट ईन्डिजलाई ७ विकेटले हराउँदै उपाधि हात पार्यो ।

गुएना नेशनल स्टेडियममा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गरेको वेष्ट इन्डिजले भारतलाई १ सय ४७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । १ सय ४७ रनको लक्ष्य भ्रमणकारी टोली भारतले ५ बल बाँकी छँदै ३ विकेट गुमाएर पुरा गर्यो । भारतका लागि ऋषभ पन्तले नटआउट ६५ रन प्रहार गर्दै भारतलाई जित दिलाए । यस्तै, कप्तान विराट कोहलीले ५९ रन, के एल राहुल २० रन बनाए ।

भारतविरुद्ध वेस्ट ईन्डिजका ओशेन थोमसले सर्वाधिक २ विकेट लिएका थिए । टस हारेर पहिलो ब्याटिङ गरेको सुरुवाती ब्याटिङ गरेको वेस्ट ईन्डिजले ६ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । इन्डिजका लागि किरोन पोलार्डले ५८ रन बनाउनु बाहेक अन्य खेलाडीले खासै गतिलो रन जोड्न सकेनन् ।

रोभमन पोवेलले नटआउट ३२ रन बनाएका थिए । भारतका दिपक चाहरले सर्वाधिक ३ विकेट लिएका थिए । वेस्ट ईन्डिज भ्रमणमा रहेको भारतले तीन म्याचको टी–ट्वान्टी र तीन म्याचको वन डे सिरिज खेल्नेछ । त्यस्तै दुई म्याचको टेष्ट सिरिज समेत खेल्नेछ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ८ : ४७ बजे

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज