राष्ट्रियसभामा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन « Khabarhub

राष्ट्रियसभामा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाको अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम मनोनयन गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष दाहालले राष्ट्रियसभा नियमावली २०७५ को नियम १० को उपनियम १ बमोजिम सभाका सदस्य गङ्गाकुमारी बेलवासे, जयन्तीदेवी राई, तुलसाकुमारी दाहाल, पूजा चौधरी र विष्णुदेवी पुडासैनीलाई मनोनित गरे । मनोनित सदस्यहरुलाई सभाका सदस्यहरुले सहमति दिएका थिए ।

अध्यक्ष दाहालले विषयगत समितिमा रहने सदस्यहरुको नाम हेरफेर तथा मनोनयन समेत गरे । राष्ट्रियसभा नियमावली २०७५ को नियम १४९ को उपनियम १ बमोजिम राष्ट्रियसभाका विषयगत समितिहरुमा रहने सदस्यको नाम मनोनयन गरेका हुन्  ।

 विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसद कमला पन्थ, कृष्णप्रसाद पौडेल, घनश्याम रिजाल, जीतजङ्ग बस्नेत, झक्कुप्रसाद सुवेदी, तुलप्रसाद विश्वकर्मा, नारायणदत्त भट्ट, पूजा चौधरी, बामदेव गौतम, भुवनबहादुर सुनार, मनरुपा शर्मा, विमला घिमिरे, विष्णुबहादुर विश्वकर्मा, शारदादेवी भट्ट र सावित्री मल्ल रहेका छन्। 

विधायन व्यवस्थापन समितिमा आनन्दप्रसाद ढुङ्गाना, कृष्णप्रसाद सिटौला, गङ्गाकुमारी बेलवासे, जयन्तीदेवी राई, तारामान स्वाँर, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, नारायणदत्त मिश्र, डा वेदुराम भुसाल, भगवती न्यौपाने, मिर्गेन्द्रसिंह बस्नेत, राधेश्याम पासवान, विष्णुदेवी पुडासैनी र सुरेशकुमार आले मगर रहेका छन् । 

सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिमा गोपालकुमार बस्नेत, गोपाल भट्टराई, गोमादेवी तिमिल्सिना, बलदेव बोहोरा, नरबहादुर विष्ट, पदमबहादुर परियार, मदनकुमारी शाह गरिमा, मायाप्रसाद शर्मा, युवराज शर्मा, रेणु चन्द, रुक्मिणी कोइराला, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा विसी रहेका छन्। 

संद्दीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उदयबहादुर बोहरा, इन्दिरादेवी गौतम, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, गोपबहादुर सार्की अछामी, जगप्रसाद शर्मा, जगतबहादुर पार्की, दुर्गा गुरुङ, महमत खाँली, राजेन्द्र लक्ष्मण गैरे, विष्णुकुमारी सापकोटा, शेखरकुमार सिंह र सोनामसिंह गेल्जुङ शेर्पा रहेका छन्। 

समितिका सदस्यलाई सभाका सदस्यहरुले सहमति दिनुभएको थियो । समितिका सभापतिको निर्वाचन आगामी चैत ४ गते तोकिएको छ । राष्ट्रियसभाको अर्को बैठक चैत २ गते ११ बजे बस्ने छ । 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ४ : ५९ बजे

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम