बागमती प्रदेशसभा बैठक : विशेष समितिको प्रतिवेदन पारित | Khabarhub Khabarhub

बागमती प्रदेशसभा बैठक : विशेष समितिको प्रतिवेदन पारित


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठकले आर्थिक वर्ष २०८०-०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन समितिको प्रतिवेदन सर्वसम्मतिबाट पारित गरेको छ ।

उक्त बैठकमा विशेष समितिको प्रतिवेदनमाथि छलफलमा सहभागी हुँदै प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले प्रदेशमा सुशासन कायम गर्न, जनताप्रति जवाफदेहीता बढाउन र सन्तुलित बजेटका लागि सो प्रतिवेदन सबैको साझा दस्ताबेज भएको बताए ।

उक्त अवसरमा प्रदेशसभाका सदस्य मधुकुमार श्रेष्ठले प्रदेश सरकारलाई बजेटमा पारदर्शिता अपनाउन र निष्पक्ष ढङ्गबाट जनताका आधारभूत आवश्यकतालाई परिपूर्ति गर्न सुझाव दिए । 

अर्का सदस्य भरतबहादुर केसीले प्रदेश सरकारले बजेट विनियोजन गर्दा जनताप्रति जवाफदेही हुनेखालका योजनालाई उच्च प्राथमिकतामा राख्नुपर्ने र सत्तापक्ष वा मन्त्री भएपछि जिल्लामा धेरै बजेट पार्न सकिन्छ भन्ने भावना त्याग्नुपर्ने बताए ।

बागमती प्रदेशसभाको अर्को बैठक अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  ५ : ०२ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन