संसदमा पशुपति शर्माको चर्चा– दुई तिहाइको अगाडि यस्तो गीत गाउन पाइन्छ ? « Khabarhub

संसदमा पशुपति शर्माको चर्चा– दुई तिहाइको अगाडि यस्तो गीत गाउन पाइन्छ ?


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक पशुपति शर्माको गीत युट्युवबाट हटाइएको विषयले संसदमा प्रवेश पाएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले दुई तिहाइको सरकारका अगाडि यस्तो गीत गाउन मिल्छ भन्दै कटाक्ष गरे ।

‘दुई तिहाइको सरकार अगाडि यस्तो गीत गाउन पाइन्छ ? जनताको भावना व्यक्त गर्न पाइन्छ ?’ बैठकमा सिंहले भने,‘ त्यस्तो गीत गाउनेको त मुखमा ताला लगाउनु पर्छ सुन्नेको कानमा मर्करी वा सिसा पगालेर राख्नुपर्छ ।’

सरकारको यस्तो बुझाइले लोकतन्त्रमाथि नै प्रश्न जन्मिएको उनको भनाइ थियो ।

सिंहले जनबोलिको गीत गाउने गायक पशुपति शर्मालाई आफ्नो फागुन महिनाको पारिश्रमिकबाट २५ हजार नगद सम्मान स्वरुप दिने घोषणा समेत गरे ।

जनताको भावना वुद्धिजीवीको भावना, गायकको भावनालाई सरकारले सम्मान नगरे जनताले पनि सरकारलाई सम्मान नगर्ने उनको भनाइ थियो ।

जनताको भावना अनुसार सरकार चल्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  १ : ५४ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा