सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै « Khabarhub

सुन तस्करी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

आयोगका संयोजक पूर्वन्यायाधीश डिल्लीराज आचार्यले प्रतिवेदन तयार भइसकेकाले आज सरकारलाई बुझाउने जानकारी दिए । आयोगका पदाधिकारीले आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दै छन् ।

दुई दिनअघि नै प्रतिवेदन बुझाउने तयारी रहे पनि राष्ट्रियसभाको अध्यक्ष चयन तथा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासका मत लिने समय परेकाले आज बुझाउन लागिएको बताइएको छ ।

गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा २ महिना थपेर फागुन २८ गतेसम्मका लागि लम्ब्याइएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ र इलेक्ट्रिक चुरोट (भेप) मा लुकाई तस्करी गरिएको साढे ९ केजी सुन अनुसन्धानका लागि गठित १४ सदस्यीय आयोगले करिव चारसय पृष्ठको प्रतिवेदन तयार पारेको छ ।

प्रतिवेदनमा सुन तस्करी नियन्त्रणका लागि विभिन्न सुझाव दिइएको बताइएको छ । विमानस्थलमा भएका कमीकमजोरीलाई पनि प्रतिवेदनमा समेटिएको छ ।

गत पुस १० गते फ्लाई दुबईको जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका चिनियाँ नागरिक विद्युतीय चुरोटसहित पक्राउ परेका थिए । उनको साथबाट बरामद गरिएको भेप अनुसन्धान गर्दा ९ किलो सुन प्राप्त भएको खुलेको थियो । सो प्रकरणमा सीआईबीले माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई पक्राउ गरेको थियो ।

यस्तै, गत साउन २ गते विमानस्थल भन्सारको जाँचपास गरी बाहिरिएको ६०.७१६ केजी (पहिले एक क्विन्टल भनिएको) सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ७ : ४८ बजे

सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने,

सञ्चारमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक