७० वर्षदेखि फलामको फोक्सोले बाँचेका पल अलेक्जेन्डरको निधन | Khabarhub Khabarhub

७० वर्षदेखि फलामको फोक्सोले बाँचेका पल अलेक्जेन्डरको निधन


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क–  करिब ७० वर्षसम्म ‘फलामको फोक्सो’ को  सहारामा बाँचिरहेका पल अलेक्जेन्डरको ७८ वर्षको उमेरमा निधन भएको छ ।

पल अलेक्जेन्डर १९५२ मा ६ वर्षको उमेरमा नै पोलियोबाट पीडित भएका थिए । जसका कारण उनले आफ्नो जीवन जिउन झण्डै ७ दशकसम्म ‘फलामको फोक्सो’को सहारामा बिताउनु परेको थियो ।

अमेरिकाबाट आएका पल अलेक्जेन्डरलाई ‘पोलियो पल’ पनि भनिन्थ्यो । बाल्यकालमा पलको रोग पत्ता लागेपछि उनका आमाबाबुले उनलाई टेक्सासको अस्पतालमा लगेका थिए । जहाँ उपचारका क्रममा उनको फोक्सो पूरै बिग्रिएको खुलासा भएको थियो ।

त्यसपछि बाध्यतामा उनलाई फलामको बक्समा आधुनिक फोक्सो जोडेर ७० वर्षदेखि जीवित राखिएको थियो ।

पलको सन १९४६ मा अमेरिकामा जन्म भएको थियो। जब पलको जन्म भयो, पोलियोले अमेरिकामा विनाश मच्चाइरहेको थियो। पल पनि यस प्रकोपको मारबाट उम्कन सकेनन्।

पोलियोबाट पीडित भएपछि उनको घाँटीको तल्लो भागले सन् १९५२ मा काम गर्न छोड्यो । त्यसपछि उनी स्वभाविक हिसाबमा सास फेर्न पनि असमर्थ भएका थिए ।

पलको यो अवस्था देखेर डाक्टरहरूले उनका लागि फलामको मेसिनबाट बनेको फोक्सो आविष्कार गरे । यही मेसिनका कारण उनी आफ्नो जीवनलाई अगाडि बढाउन सफल भए । उनको मृत्यु अघि पलको सम्पूर्ण शरीर मेसिन भित्र थियो, जबकि उनको अनुहार भने बाहिर देखिन्थ्यो।

पलको मृत्युमा उनका भाइ फिलिपले मानिसहरूका लागि विशेष सन्देश लेखेका छन्। उनले भनेका छन्, म ती सबै मानिसहरूप्रति आभारी छु। जसले मेरो भाइको उपचारको लागि चन्दा दिनुभएको थियो ।’

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ८ : ३५ बजे

एएफसी क्वालफायर खेलेर फर्कियो महिला फुटबल टोली (तस्बिरहरू)

काठमाडौं- एएफसी क्वालफायर खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश

सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र

बिक्री घटेपछि चल्ला उत्पादन बन्द

चितवन– नेपाल ह्याचरी उद्योग सङ्घले सोमबारदेखि यही असार २९ गतेसम्म

गण्डकी प्रदेशसभा बैठक बस्दै

पोखरा– गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १

क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र