७० वर्षदेखि फलामको फोक्सोले बाँचेका पल अलेक्जेन्डरको निधन « Khabarhub

७० वर्षदेखि फलामको फोक्सोले बाँचेका पल अलेक्जेन्डरको निधन


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क–  करिब ७० वर्षसम्म ‘फलामको फोक्सो’ को  सहारामा बाँचिरहेका पल अलेक्जेन्डरको ७८ वर्षको उमेरमा निधन भएको छ ।

पल अलेक्जेन्डर १९५२ मा ६ वर्षको उमेरमा नै पोलियोबाट पीडित भएका थिए । जसका कारण उनले आफ्नो जीवन जिउन झण्डै ७ दशकसम्म ‘फलामको फोक्सो’को सहारामा बिताउनु परेको थियो ।

अमेरिकाबाट आएका पल अलेक्जेन्डरलाई ‘पोलियो पल’ पनि भनिन्थ्यो । बाल्यकालमा पलको रोग पत्ता लागेपछि उनका आमाबाबुले उनलाई टेक्सासको अस्पतालमा लगेका थिए । जहाँ उपचारका क्रममा उनको फोक्सो पूरै बिग्रिएको खुलासा भएको थियो ।

त्यसपछि बाध्यतामा उनलाई फलामको बक्समा आधुनिक फोक्सो जोडेर ७० वर्षदेखि जीवित राखिएको थियो ।

पलको सन १९४६ मा अमेरिकामा जन्म भएको थियो। जब पलको जन्म भयो, पोलियोले अमेरिकामा विनाश मच्चाइरहेको थियो। पल पनि यस प्रकोपको मारबाट उम्कन सकेनन्।

पोलियोबाट पीडित भएपछि उनको घाँटीको तल्लो भागले सन् १९५२ मा काम गर्न छोड्यो । त्यसपछि उनी स्वभाविक हिसाबमा सास फेर्न पनि असमर्थ भएका थिए ।

पलको यो अवस्था देखेर डाक्टरहरूले उनका लागि फलामको मेसिनबाट बनेको फोक्सो आविष्कार गरे । यही मेसिनका कारण उनी आफ्नो जीवनलाई अगाडि बढाउन सफल भए । उनको मृत्यु अघि पलको सम्पूर्ण शरीर मेसिन भित्र थियो, जबकि उनको अनुहार भने बाहिर देखिन्थ्यो।

पलको मृत्युमा उनका भाइ फिलिपले मानिसहरूका लागि विशेष सन्देश लेखेका छन्। उनले भनेका छन्, म ती सबै मानिसहरूप्रति आभारी छु। जसले मेरो भाइको उपचारको लागि चन्दा दिनुभएको थियो ।’

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ८ : ३५ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल