पशुपति शर्मालाई २५ हजार दिने कांग्रेस सांसदको घोषणा « Khabarhub

पशुपति शर्मालाई २५ हजार दिने कांग्रेस सांसदको घोषणा


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले जनबोलीको गीत गाएको भन्दै गायक पशुपति शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट पच्चीस हजार रुपैयाँ  दिने घोषणा गरेका छन् । उनले आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

सि‌ंहले संसदमा प्रश्न उठाउँदै दुई तिहाइको सरकारको अगाडि यस्तो गीत गाउन पाइन्छ ? जतनाको भावना व्यक्त गर्न पाइन्छ ? भन्दै सरकारप्रति व्यङ्ग्य गरे । बैठकमा सिंहले भने, ‘त्यस्तो गीत गाउनेको त मुखमा ताला लगाउनु पर्छ, सुन्नेको कानमा मर्करी वा सिसा पगालेर राख्नुपर्छ ।’

साथै उनले सरकारको यस्तो कामले लोकतन्त्रमाथि नै प्रश्न खडा गरेको बताए ।

गायक शर्माले युट्युबमा अपलोड गरिसकेको गीत ‘लुट्न सके लुट् कान्छा’ बोलको गीत विवादमा आएपछि हटाएका थिए । सत्तारुढ दलका भातृ संगठनले सार्वजनिक रुपमै पशुपति शर्माका कार्यक्रम गर्न/गराउन विरोध गर्न आग्रह गरेपछि शर्माले उक्त गीत हटाएका थिए ।

गीत हटाउन लगाएको भन्दै सामाजिक सञ्जालमा सरकारको व्यापक विरोध भइरहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  २ : ०८ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग