भ्रष्टाचारको अभियोगमा तत्कालीन गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध मुद्दा दायर « Khabarhub

भ्रष्टाचारको अभियोगमा तत्कालीन गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध मुद्दा दायर


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरुमाथि आयोगले आज मुद्दा दायर गरेको हो । 

आयोगले तत्कालीन अध्यक्ष बुढाविरुद्ध रु पाँच लाख १५ हजार बराबरको बिगो दाबी गरेको छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगरसवइन्जिनियर हर्कधन बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ ।

उपभोक्ता समितिका अध्यक्ष कालीबहादुर बुढा, सचिव रतन बुढा र कोषाध्यक्ष वीरकुल्ली बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ । वडा नं ३ का तत्कालीन वडाध्यक्ष शालिग्राम एडीविरुद्ध भने भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

त्यस्तै मुगुको सोरु गाउँपालिका–९ मा सिँचाइ कुलो निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर तथा कार्यालय प्रमुख देवीप्रसाद पाण्डेलगायतविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । आयोगले पाण्डेविरुद्ध रु १४ लाख १७ हजार बराबरको बिगो दाबी गरेको छ ।

यसैगरी जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन इन्जिनियर महेशसिंह कठायतविरुद्ध रु १२ लाख ३६ हजार र सवइन्जिनियर भीमबहादुर रोकायाविरुद्ध एक लाख ९१ हजार बराबरको बिगो दाबी गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  २ : २७ बजे

शिवशिखर सहकारीका २१६ जना पीडितले पाए बचत फिर्ता

काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका थप साना बचतकर्ताको रकम फिर्ता

सामाजिक सञ्जालमार्फत होटलमा यौन धन्दा, १२ युवतीसहित १६ जना पक्राउ

काठमाडौँ । काठमाडौँमा सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य

निर्वाचन क्षेत्र रणनैतिक सडकः विगतको दायित्व भुक्तानी गर्न २ अर्ब

काठमाडौँ । सरकारले निर्वाचन क्षेत्र रणनैतिक सडकको विगतका आर्थिक वर्षको

महावीरले मागेको मन्त्रालय पाउँदा रास्वपाकै सांसद जिल्लिए

काठमाडौं- झण्डै दुईतिहाइ बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको बलियो