कश्मीर विवाद: इमरान खानले भने ‘भारतमा बीजेपी हिटलरको बाटोमा’ « Khabarhub

कश्मीर विवाद: इमरान खानले भने ‘भारतमा बीजेपी हिटलरको बाटोमा’


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) ले विगतमा जर्मनीको नाजी पार्टीले जस्तै जातीय श्रेष्ठतावादी विचारधारा बोकेर अघि बढिरहेको आरोप लगाएका छन्।

भारतले जम्मू-कश्मीरको विशेष हैसियत खोसेको विषयमा छलफल गर्न डाकिएको पाकिस्तानी संसद्‌को संयुक्त सत्रलाई सम्बोधन गर्दै खानले कश्मीरका जनतालाई बराबरी नसम्झिएको र त्यसकारण ती निरन्तर दबाइने गरिएको बताए।

यसरी दबाइँदा त्यहाँका जनताले प्रतिक्रिया जनाउने र पुलवामा जस्तो हमला फेरि हुने अनि फेरि पाकिस्तानमाथि दोष लगाइने उनले बताए।

कश्मीरमा ‘जातीय सफाया’ गर्ने र त्यहाँको जनसङ्ख्याको चरित्रलाई परिवर्तन गर्ने तयारी भइरहेको प्रधानमन्त्री खानले बताए।

चेतावनी
उनको टिप्पणीबारे भारतले अहिलेसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन। कश्मीरको स्वामित्व पाकिस्तानले पनि दाबी गर्दै आएको छ।

पाकिस्तानको सिनेटका विदेश मामिला समितिका सभापति मुसाहिद हुसैनले भने, “हामीलाई लाग्छ इजरेलका नेतान्याहुले प्यालेस्टाइनको वेस्ट ब्याङ्कमा जसो गरे कश्मीरमा भारतले त्यस्तै गर्न खोज्दैछ।”

“जस अनुसार त्यहाँका बहुसङ्ख्यक मुस्लिम समुदायलाई अन्यत्रका मानिसहरू खासगरी हिन्दूहरूको बसोबास तीव्र तुल्याएर अल्पसङ्ख्यकमा परिणत गरिनेछ।”

पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाज्वाले उक्त विवादित क्षेत्रका मानिसलाई समर्थन गर्न सेना जुनसुकै हदसम्म जान सक्ने चेतावनी दिएका छन्।

यसैबीच भारतको लोकसभा र राज्यसभाले जम्मू-कश्मीर पुनर्गठन विधेयक पारित गरेका छन्।

लोकसभामा पक्षमा ३७० र विपक्षमा ७० मत खसेको बताइएको छ। प्रमुख प्रतिपक्षी कांग्रेस आईका कैयौँ नेता पार्टीको अडानविरुद्ध गएका छन्।

भारत सरकारले सोमवार जम्मू-कश्मीर राज्यलाई विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेपछि शुरू भएको बहस जारी छ।

भारतले जम्मू-कश्मीरलाई विशेष दर्जा दिनुको पछाडि ऐतिहासिक कारण छ जुन सन् १८४७ मा महाराजा गुलाब सिंहले ब्रिटिश इस्ट इन्डिया कम्पनीसँग जम्मू-कश्मीर किनेदेखि शुरू हुन्छ।

बीबीसीबाट

 

खारेज गरिएको धारा ३७० को ऐतिहासिक पृष्ठभूमि

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १० : ४५ बजे

मिसन टी–ट्वान्टी विश्वकप : यी खेलाडीको भरमा नेपाल

काठमाडौं – क्रिकेट प्रेमीको प्रतीक्षा लगभग सकिएको छ । शनिबारबाट

अन्तर्राष्ट्रिय ब्राण्ड निट्को टायल्सको उत्पादन अब नेपालमै

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय भारतीय ब्राण्ड निट्कोले नेपालमा टायल्सको उत्पादन

प्रचण्डले भने- नयाँ भन्ने दलसँग धाक लाउनेबाहेक केही मुद्दा छैन 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ भन्ने

मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज– वीरगञ्ज महानगर–१३ राधेमाईस्थित कर्बाेला अगाडि मोटरसाइकल पार्किङको विषयमा झगडा भएर

निर्वाचन प्रयोजनका लागि खोलेको खाता दुरुपयोग भए कारबाही गर्छौँ : आयोग

काठमाडौं– निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि खोलेको खाताको दुरुपयोग भए