विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमि भएकाहरुलाई कारवाही गर्न राप्रपा नेपालको चुनौति « Khabarhub

विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमि भएकाहरुलाई कारवाही गर्न राप्रपा नेपालको चुनौति


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवास लगायत विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई कारवाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौति दिएका छन् । 

हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना लगायतका विभिन्न माग राख्दै बिहीबार काठमाडौंमा आयोजना गरेको प्रदर्शनपछि आयोजित सभामा थापाले ललिता निवास, सुन तस्करी प्रकरणमा ठूला व्यक्तिहरूलाई जोगाउने काम भएको भन्दै उनीहरूलाई कारवाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौति दिएका हुन् ।

उनले गृहमन्त्रीमाथि लागेको सहकारी ठगिको विषयमा पनि सही ढंगले छानविन गर्न समेत चुनौति दिए । सरकार र राजनीतिक दलहरूका कारण नेपाली युवाहरू खाडी मुलुकमा जान बाध्य भएको भन्दै उनले मुलुकको वर्तमान व्यवस्था पूर्ण असफल भएको जिकिर गरे । 

हिजो जनयुद्धमा बन्दुक बोक्नेहरू खाडी मुलुकमा र बन्दुक बोकाउने नेताहरू रातारात अर्बपति भएको उनले बताए । अध्यक्ष थापाले राजनीतिक नेताहरूले अर्वौ रुपैयाँ विदेशी बैंकमा लुकाएर राखेको आरोप समेत लगाए । उनले मुलुकको परिवर्तन देश र जनताका लागि नभई नेताहरूलाई कमाउने भाँडो बनेको जिकिर गरे । 

अध्यक्ष थापाले विभिन्न क्षेत्रमा देखिएको समस्या राजनीतिक नेताहरूकै कारण भएको बताए । हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको हो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ५ : ३७ बजे

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ – अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

आचारसंहिता पालनामा मानवअधिकार आयोगले उठायो गम्भीर

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले ४२ जिल्लाको स्थलगत अनुगमनका आधारमा

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौं – आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

मध्यपूर्वका १२ राष्ट्रलाई दिँदै आएको श्रम स्वीकृति स्थगन

काठमाडौँ – काठमाडौं । नेपाल सरकारले मध्यपूर्वका १२ राष्ट्रमा वैदेशिक

मध्यपूर्वमा अलपत्र नेपालीलाई सरकारले त्यही सुरक्षा दिएर राख्ने

काठमाडौं – सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका