विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमि भएकाहरुलाई कारवाही गर्न राप्रपा नेपालको चुनौति | Khabarhub Khabarhub

विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमि भएकाहरुलाई कारवाही गर्न राप्रपा नेपालको चुनौति


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले ललिता निवास लगायत विभिन्न प्रकरणमा मुछिएका राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई कारवाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौति दिएका छन् । 

हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना लगायतका विभिन्न माग राख्दै बिहीबार काठमाडौंमा आयोजना गरेको प्रदर्शनपछि आयोजित सभामा थापाले ललिता निवास, सुन तस्करी प्रकरणमा ठूला व्यक्तिहरूलाई जोगाउने काम भएको भन्दै उनीहरूलाई कारवाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौति दिएका हुन् ।

उनले गृहमन्त्रीमाथि लागेको सहकारी ठगिको विषयमा पनि सही ढंगले छानविन गर्न समेत चुनौति दिए । सरकार र राजनीतिक दलहरूका कारण नेपाली युवाहरू खाडी मुलुकमा जान बाध्य भएको भन्दै उनले मुलुकको वर्तमान व्यवस्था पूर्ण असफल भएको जिकिर गरे । 

हिजो जनयुद्धमा बन्दुक बोक्नेहरू खाडी मुलुकमा र बन्दुक बोकाउने नेताहरू रातारात अर्बपति भएको उनले बताए । अध्यक्ष थापाले राजनीतिक नेताहरूले अर्वौ रुपैयाँ विदेशी बैंकमा लुकाएर राखेको आरोप समेत लगाए । उनले मुलुकको परिवर्तन देश र जनताका लागि नभई नेताहरूलाई कमाउने भाँडो बनेको जिकिर गरे । 

अध्यक्ष थापाले विभिन्न क्षेत्रमा देखिएको समस्या राजनीतिक नेताहरूकै कारण भएको बताए । हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना, प्रदेश संरचना खारेज, भ्रष्टाचारको अन्त्यलगायतका मागसहित राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको हो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ५ : ३७ बजे

‘मन बिनाको धन’सँग जुध्न पुग्यो ‘जारी २’, ‘सोल्टिनी’लाई भने राहत

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘जारी

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने व्यापारीविरुद्ध मुद्दा

बागमती– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले चार व्यवसायीविरुद्ध

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी– पहिरोका कारण महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता कामेश्वर चौरसिया

काठमाडौं– अभिनयमा अब्बल मानिने कलाकारमै पर्छन् अभिनेता कामेश्वर चौरसिया ।

जेन-जी आन्दोलनका क्रममा जलेको अर्थ मन्त्रालयमा रंगरोगन सुरू (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा क्षति पुगेको अर्थ मन्त्रालयमा रंगरोगनको काम