‘फेसन एण्ड मोडल अवार्ड २०१९’ हुने « Khabarhub

‘फेसन एण्ड मोडल अवार्ड २०१९’ हुने


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्याजेन्ट नेपाल ईन्टरनेशनलले नेपालमा पहिलो पटक ‘फेसन एण्ड मोडल अवार्ड–२०१९’ आयोजना गर्ने भएको छ । यही  साउन २३ गते बिहिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा समारोहको आयोजना गरी अवार्ड वितरण गरिने भएको हो ।

आयोजक स‍ंस्थाका प्रबन्ध निर्देशक मिथुन थापाले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताए । ‘नेपालमा कला, साहित्य तथा मनोरञ्जन क्षेत्रको अधिकांश विधामा अवार्ड समारोह आयोजना हुने भए पनि फेसन तथा मोडलिङ क्षेत्रमा अवार्ड वितरण नहुने भएकाले मोडलिङ तथा फेसन क्षेत्रको रौनक बढाउन यो समारोह आयोजना गर्न लागिएको हो,’ उनले भने ।

दिउँसो ४ बजेपछि रेड कार्पेटसहित सम्पन्न हुने अवार्ड वितरण समारोहमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय कलाकारहरू करिश्मा मानन्धर, रमेश उप्रेती, अञ्जु पन्त, आनन्द कार्की, धीरज राई आदिको समेत सहभागिता रहने आयोजकले जनाएको छ । यस्तै उषा खड्गी लगायत पूर्व मिस नेपालहरुले पनि सहभागिता जनाउने कार्यक्रम छ ।

समारोहमा उत्कृष्ट कोरियोग्राफर, उत्कृष्ट फेसन डिजाइनर, उत्कृष्ट फेसन कोरियोग्राफर, उत्कृष्ट मेकअप आर्टिष्ट, उत्कृष्ट हेयर डिजाइनर, उत्कृष्ट फेसन पत्रकार, उत्कृष्ट अन्तर्राष्ट्रिय नेपाली मोढडल, उत्कृष्ट कार्यक्रम आयोजक, उत्कृष्ट कार्यक्रम निर्देश्ँक, उत्कृष्ट कार्यक्रम प्रवन्धक, उत्कृष्ट महिला तथा पुरुष मोडल, उत्कृष्ट ग्ल्यामर फोटोग्राफर आदि विधामा अवार्ड प्रदान गरिने छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १० : ५८ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६