सुरु भयो सातौँ संस्करणको निफ (तस्बिरसहित) | Khabarhub Khabarhub

सुरु भयो सातौँ संस्करणको निफ (तस्बिरसहित)


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको सातौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । 

सिभिल मलमा आयोजना गरिएको एक कार्यक्रमबाट सञ्चारमन्त्री रेखा शर्माले महोत्सवको उद्घाटन गर्दै सफलताको शुभकामना दिइन् । 

उद्घाटन समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ,  निर्देशक एवं कलाकार नीर शाह, नायक भुवन केसीलगायत  विभिन्न देशका चलचित्रकर्मी उपस्थित थिए । 

ओपनिङ फिल्मका  रुपमा आनी छोइङ डोल्माको जीवनीमा आधारित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा : मिसन इम्पोसिबल’ प्रदर्शन गरिएको थियो ।

यस महोत्सवमा ४० देशका ८८ फिल्म देखाइने आयोजकले जनाएको छ । साथै विभिन्न अन्तरक्रिया कार्यक्रम गर्ने पनि आयोजकले जनाएको छ ।

महोत्सवलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी दुई भागमा विभाजन गरिएको छ । दुवै भागका उत्कृष्ट फिचर फिल्म, लघु फिल्म र डकुमेन्ट्री विधामा अवार्ड वितरण गरिने आयोजकले बताएको छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर र गौतमबुद्ध अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै उत्कृष्ट फिचर फिल्म, लघु चलचित्र र वृत्तचित्रलाई पुरस्कृत गरिने आयोजकको भनाइ छ । 

 

 

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ७ : ५५ बजे

देशभर बदली, राति यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं – आजदेखि देशभर मौसम बदली सुरु भई ठाउँठाउँमा भारी

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र

गाईघाटमा तरकारीको मूल्य दोब्बर बढ्यो

उदयपुर – जेनजी पुस्ता’को आन्दोलनदेखि सेनाको निषेधाज्ञासम्मको अवस्था बिस्तारै हटेपछि

मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले भोलि लिनेछन् सपथ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन जना मन्त्रीको नाम

रास्वपाको भर्चुअल बैठक : सुमनाले पार्टी छोड्नुको कारणबारे छानबिन हुनुपर्ने माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय, प्रदेश र जिल्ला