विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि तालिम « Khabarhub

विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि तालिम


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

दाङ – दाङमा विषालु सर्प उद्धार तथा पुनःस्थापनाका लागि सीप तथा प्राविधिक सहयोगसम्बन्धी तालिम दिइएको छ । जिल्लास्थित डिभिजन वन कार्यालय घोराहीले सरोकारवाला निकायलाई आज तालिम दिएको हो ।

तालिममा विषालु र अविषालु सर्पको पहिचान, विषालु सर्पको टोकाइबाट बच्ने उपाय र सर्प उद्धारका विषयमा जानकारी गराइएको डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए। जैविक विविधताको संरक्षण गर्ने उद्देश्य तथा सर्पलाई पनि प्रकृतिमा बाँच्न पाउने अधिकारी सुनिश्चित गर्नका लागि कार्यालयले काम गरिरहेको उनले बताए।

सबै सर्प विषालु नहुने र सर्पको पहिचान नहुँदा स्थानीयले मार्ने गरिरहेकाले सो रोक्नका लागि विगतका वर्षदेखि वन कार्यालयले सचेतनमूलक र संरक्षणमुखी कार्य गर्दै आइरहेको प्रमुख श्रेष्ठले बताए। दिगो व्यवस्थापनको अभाव, सर्प देख्नासाथ मारिहाल्ने मानव प्रवृति, पहिचानमा ज्ञान र उद्धारका लागि सीपको कमी, अनुसन्धान तथा प्रचारप्रसारको अभावमालगायत कारणले सर्प संरक्षणमा चुनौती देखिएको उनको भनाइ छ ।

स्थानीय वन, जङ्गलमा पाइने सर्प संरक्षणका लागि कार्यालयले बर्सेनि योजना बनाएर काम गरिरहेको भन्दै पछिल्ला केहीवर्षयता सर्प संरक्षण कार्य सफलतातर्फ उन्मुख भइरहेको श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा प्रशिक्षक सर्प विज्ञ वसन्त सुवेदीले पछिल्लो सात वर्षमा आफूले पाँच हजार बढी सर्पको उद्धार गरेको जनाउँदै यस क्रममा दाङमा २६ प्रजातिका सर्प भेटिएकामा छ प्रजातिमात्रै विषालु पाइएको बताए । उनका अनुसार बाँकी २० प्रजाति अविषालु रहेका छन् ।

अध्ययनमा नेपालमा ८९ प्रजातिका सर्प पाइएको सर्प विज्ञ सुवेदीले जानकारी दिए । उनका अनुसार ८९ प्रजातिमध्ये १७ प्रजातिमात्रै विषालु भेटिएका छन् । विश्वमा पाइने सर्पमध्ये १२ प्रतिशत मात्रै विषालु सर्प हुने उनको भनाइ छ ।

अविषालु सर्पले टोकेपनि मानिसको ज्यान नजाने भन्दै सुवेदीले विषालु सर्पले टोकेमा समयमै सावधानी अपनाउँन नसक्दा ज्यान जाने गरेको बताए । सर्प विज्ञ सुवेदीले सर्पले टोकिहाले प्राथमिक उपचारका नाममा ढिलाइ गर्न नहुने भन्दै तत्काल अस्पताल पु¥न सके ज्यान जानेको सङ्ख्यामा कमी ल्याउन सकिने बताए ।

कार्यक्रममा सर्प उद्धारसम्बन्धी सीप जीवित सर्प ल्याएर देखाइएको थियो । डिभिजन वन कार्यालय र मातहतमा रहेका कर्मचारी, सुरक्षा निकायका प्रतिनिधि, सामुदायिक वन समूहका उपभोक्तालगायतको सहभागितामा भएको कार्यक्रममा सर्पका बारेमा विस्तृत जानकारी, पहिचानका तरिका, उद्धारको सीपलगायत विषयमा तालिम दिइएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ९ : १७ बजे

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)

भोटेकोशी बाढीमा बेपत्ता भएकाको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

काठमाडौं– म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन

दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा,

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता