अस्ट्रेलियाली राज्यका १० प्रतिशत पुरुष घरेलु हिंसा गर्दा कानूनी कारबाहीमा « Khabarhub

अस्ट्रेलियाली राज्यका १० प्रतिशत पुरुष घरेलु हिंसा गर्दा कानूनी कारबाहीमा


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अस्ट्रेलियाको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य न्यू साउथ वेल्स (एनएसडब्लु)मा झण्डै १० प्रतिशत पुरुषले घरेलु तथा पारिवारिक हिंसाको अपराधमा प्रहरीबाट कानूनी कारबाही भोग्नु परेको सरकारी अध्ययनले मङ्गलबार जनाएको छ ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजी (एआइसी)द्वारा प्रकाशित अनुसन्धानअनुसार पूर्वी तटीय राज्य एनएसडब्लुमा जन्मेका छ दशमलव तीन प्रतिशत व्यक्तिलाई परिवार र घरेलु हिंसाको कसुरमा प्रहरीले कारबाही गरेको पाइएको हो । अध्ययनमा पुरुषहरूको यो दर तीन प्रतिशत महिलाको तुलनामा नौ दशमलव छ प्रतिशत अत्यन्त धेरै रहेको देखिएको छ ।

समग्रमा एनएसडब्लुमा जन्मेका एक दशमलव दुई प्रतिशत व्यक्ति ५० प्रतिशतभन्दा बढी परिवार र घरेलु हिंसाका अपराधहरूका लागि जिम्मेवार रहेको पत्ता लगाएको छ । परिवार र घरेलु हिंसाका अपराधहरू तीन समूहका मानिसद्वारा गरिएका सबै आपराधिक अपराधमध्ये लगभग आधा हुन् ।

एआइसीका उपनिर्देशक रिक ब्राउनले अनुसन्धानले अस्ट्रेलियामा पारिवारिक र घरेलु हिंसाको उच्च प्रचलनलाई उजागर गरेको बताए ।

‘घरेलु हिंसा गर्नेहरूलाई पहिचान गरी लक्षित गरेर विशेषगरी अपराधलाई सामान्य रूपमा रोक्न सक्छौँ’, उनले विज्ञप्तिमा लेखेका छन्‌, ‘यो प्रतिवेदन अस्ट्रेलियामा जनसङ्ख्याको नमूनामा रेकर्ड गरिएको पारिवारिक र घरेलु हिंसा अपराधीहरूको व्यापकताको पहिलो अनुमान हो । यो पारिवारिक र घरेलु हिंसाका अपराधीहरूको दृश्यता बढाउने दिशामा महत्त्वपूर्ण कदम हो ।’

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरका अनुसार अस्ट्रेलियामा चारमध्ये एक महिला र १४ मध्ये एक पुरुषले १५ वर्षको उमेरदेखि नै घनिष्ठ साथीबाट हिंसाको अनुभव गरेका छन् ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले सेप्टेम्बरको सुरुमा अस्ट्रेलियाका सङ्घीय, राज्य र क्षेत्रीय सरकारहरूले घरेलु हिंसा रोक्न र पीडितहरूलाई सहयोग गर्न पाँच वर्षे योजनामा चार अर्ब ७० करोड अस्ट्रेलियाली डलर (तीन अर्ब १० करोड अमेरिकी डलर) लगानी गर्न सहमत भएको घोषणा गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ९ : ०१ बजे

जलनका बिरामी बढ्दै, उपचार विस्तार भए पनि जनशक्ति अभाव चुनौती

काठमाडौँ – गर्मी तथा हावाहुरीको मौसम सुरु भएसँगै नेपालमा आगलागीका

अनधिकृत संरचना हटाउँदा मानवीय संवेदना पहिलो प्राथमिकता : सुनिता डंगोल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक जग्गा संरक्षण

भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट पाँच

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँ उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी