बैंकिङ क्षेत्रलाई साउनमा १० अर्ब २६ करोड रुपैयाँ खुद नाफा « Khabarhub

बैंकिङ क्षेत्रलाई साउनमा १० अर्ब २६ करोड रुपैयाँ खुद नाफा


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालका बैंकिङ संस्थाहरूले सवा १० रुपैयाँभन्दा बढी अर्ब बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो साउन महिनामा वाणिज्य बैंक, विकास बैंक र फाइनान्सियल कम्पनीहरूले १० अर्ब २६ करोड ५० लाख रूपैयाँ नाफा गरेका हुन् ।

तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा गएको साउनमा बैंक तथा वित्तीय संस्थाहरूको नाफामा वृद्धि भएको हो । अघिल्लो साउनमा बैंक तथा वित्तीय संस्थाहरूले ९ अर्ब ४९ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । जुन नाफा चालु आवको पहिलो महिनाको तुलनामा ७७ करोड ४६ लाख रूपैयाँले कम हो ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष ०७९/८० को तुलनामा गत आर्थिक वर्ष ०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरूको नाफामा ८.८१ प्रतिशतले खुद नाफामा गिरावट आएको थियो ।

अंकका हिसाबले चालु आर्थिक वर्षको पहिलो महिनामा बैंक तथा वित्तीय क्षेत्रको नाफामा सुधार आएको देखिएतापनि त्यसको समान प्रभाव भने सो क्षेत्रमा परेको देखिँदैन । चालु आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५ करोड १ लाख रूपैयाँ बढी नाफा आर्जन गर्न सफल भएका छन् ।

त्यस्तै, विकास बैंकहरूले चालु आर्थिक वर्षको पहिलो महिनामा गत आवको सोही अवधिको तुलनामा जम्मा १३ करोड ६० लाख बढी नाफा आर्जन गरेका छन् भने फाइनान्स कम्पनीहरूले ४ करोड ५० लाख रूपैयाँ मात्रै बढी नाफा आर्जन गर्न सफल भएका छन् ।

वाणिज्य बैंकहरूमध्ये गत आर्थिक वर्षको पहिलो महिनाको चालु आर्थिक वर्षको पहिलो महिनामा तुलनामा कृषि विकास बैंकले सबैभन्दा धेरै प्रतिशत नाफा आर्जन गर्न सफल भएको छ भने ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै नाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा नेपाल बैंकको नाफा सबैभन्दा धेरै ३७.८५ प्रतिशतले घटेको छ भने माछापुच्छ्रे बैंकले सबैभन्दा कम नाफा आर्जन गरेको छ ।

साउन महिनामा वाणिज्य बैंकहरूको नाफाको अवस्था (१० लाखमा):

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ८ : ४६ बजे

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट