सवारी दुर्घटना न्यूनीकरण गर्न दीर्घकालीन रणनीति बनाउन माग « Khabarhub

सवारी दुर्घटना न्यूनीकरण गर्न दीर्घकालीन रणनीति बनाउन माग


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न दीर्घकालीन रणनीति बनाउन सरकारसमक्ष माग गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा भाग लिँदै उनले सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गम्भीर अध्ययन गरी रणनीतिका साथ ‘क्लालेन्डर’ बनाएर काम गर्न आग्रह गरे ।

सांसद किरातीले सवारी दुर्घटनाको मुख्य कारण पूर्वाधार पनि भएकाले यसबारे जनचेतना अभिवृद्धि गरिनुपर्नेमा खाँचो औँल्याए । साथै उनले उदयपुरमा बिहीबार भएको जिप दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन सरकारको ध्यानाकर्षण गराए । उनले दुर्घटनामा परी मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरे ।

धरानबाट भोजपुर जाने क्रममा उदयपुरको बेलका–७ मैनामैनीस्थित चेङ्ग्रे भन्ने स्थानमा बोलेरो जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु हुनुका साथै नौ जना गम्भीर घाइते भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद अमरबहादुर रायमाझीले जिप दुर्घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र उपचारको व्यवस्था गर्न र दुर्घटना न्यूनीकरण गरी सडकको अवस्था सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १ : ०५ बजे

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल

अफ्रिकामा पहिलो युथ ओलम्पिकका लागि ओलम्पिक ज्योति सेनेगलमा

डाकार– अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको ‘युथ ओलम्पिक गेम्स’को काउन्टडाउन

‘मुलुकले थप द्वन्द्व थेग्न सक्दैन, राजासहितको राष्ट्रिय सहमति खोजौँ’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई

विनाशकारी भोटेकोशी बाढीको मुख्य कारण १४ करोड २० लाख घनमिटरको हिमचट्टान पहिरो

काठमाडौं- गत भदौ १० गते भोटेकोशी तथा त्रिशूली नदी करिडोरमा

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित