केपी र राजेशको सिनेमा संवाद : ओलीलाई ‘फाइट’ मन पर्दैन ! « Khabarhub

केपी र राजेशको सिनेमा संवाद : ओलीलाई ‘फाइट’ मन पर्दैन !

ओलीले सुनाए पहिलोचोटि फिल्म र टीभी हेरेको अनुभव


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन शुक्रबार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र महानायक राजेश हमालबीच ‘सिनेमा संवाद’ नाम दिएर अन्तरक्रिया कार्यक्रम राखिएको थियो ।

दुई पटकका पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दलका नेता र साढे तीन दशक चलचित्रमा आवद्ध नायकबीचको सम्वाद बामे सर्दै गरेको चलचित्र क्षेत्रका समस्या र चुनौतीको समाधानमा उन्मुख हुन्छ भन्ने धेरैको आशा थियो ।

अझ बौद्धिक छवि बनाएका राजेशले नीतिगत जटिलताका विषयमा प्रश्न उठाउलान् भन्ने धेरै चलचित्रकर्मीलाई लागेको थियो । सोही कारण संवादमा हमाललाई रोजिएका हुन सक्छन् । तर, दुईबीचको सम्वादमा त्यस्तो भएन ।

दुवैजना कलाबारे आफ्ना विचार सुनाउनमा केन्द्रित रहे । उनीहरुको सम्वाद नेपाली सिनेमा भन्दा पनि समग्र कला के हो भन्ने विषयमा केन्द्रित बन्यो ।

यद्यपि संवादमा राजेशले सुरुवाती दिनमा चलचित्रको क्षेत्रको हविगत र कठिनाइका बारेमा अनुभव सुनाएका थिए ।

ओलीले पनि दर्शक र राजनीतिज्ञका रुपमा सिनेमाका कक्षावस्तुको कमजोर पक्षबारे टिप्पणी गरे । सिनेमामा युवा दर्शक तान्न अनावश्यक फाइट र ग्लामरले स्थान पाउनु नहुनेमा जोड दिए । यस्ता कुरा फिल्ममा समावेश हुँदा कला मर्ने उनको तर्क थियो ।

ओलीले पहिलो पटक सिनेमा र टेलिभिजन हेर्दाको अनुभव पनि सुनाए ।

 

३६ वर्षमा टेलिभिजन देखें – ओली

विसं २०२० तिर तेह्रथुममा फिल्म हल थिएन । भारततिर गएर फर्किएकाहरुले सिनेमा हेरेको कुरा सुन्थ्यौं । सुनेको थिएँ तर देखेको थिइनँ । पछि मलाई पनि यी कुरा सुनेर रेल र फिल्म हेर्न मन लाग्यो ।

रेल गलगलिया गएर हेरेँ । त्यसबेला झापामै दुई सिनेमा हल बनेका थिए, भद्रपुर शनिश्चरेमा । एउटामा आमा र अर्कोमा माइतीघर भन्ने फिल्म हेरेँको थिएँ । यी सुरुकै फिल्मचाहिँ मैले हेर्न पाएँ । ती फिल्मका नायक –नायिक मेरा दाइ–दिदी नै थिएँ ।

टेलिभिजनको कुरा चाहिँ ०४२ सालमा नेपालमा टेलिभिजन सुरु भयो । म ०४४ सालमा जेलबाट छुटेपछि हरेँ । उमेर ३६ वर्षको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ९ : १६ बजे

सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव

महेन्द्रनगर– सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोपको अभाव

नतिजा देखिने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय तथा मातहतका

गृहमन्त्रीमा फर्किँदै सुधन गुरूङ, दिउँसो ३ बजे शपथ

काठमाडौं– गत वैशाख ९ गते राजीनामा दिएका सुधन गुरूङ गृहमन्त्रीमा

पूर्वाधार मन्त्रालयको बजेट वितरणमा विगतकै जस्तो असमानता, केही जिल्लामा अति धेरै, केहीमा अति न्यून

काठमाडौं– भौतिक विकास मन्त्रालयको बजेट वितरणमा निकै असमानता देखिएको छ

गृहमन्त्रीमा फर्किँदै सुधन गुरूङ, दिउँसो ३ बजे शपथ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्रीमा फेरि सुधन गुरुङलाई ल्याउने