मृत भेटिएकी नर्सको शरीरभर धारिलो हतियारको चोट  « Khabarhub

मृत भेटिएकी नर्सको शरीरभर धारिलो हतियारको चोट 


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


31k
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको शौचालयमा शव फेला परेको छ।

धारिलो हतियार प्रहार गरेर हत्या भएको र उनको शव शौचालयमा फालेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

दास डेरामा बसेको घरको कोठा भित्रको शौचालयमा शव भेटिएको प्रहरीले जनाएको छ । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको दाहालले बताए ।

सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन्।  घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ ।

याे पनि…

विराटनगरमा एक स्टाफ नर्सको हत्या

 

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ६ : २१ बजे

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५