काभा महिला भलिबल क्लब च्याम्पियनसिप : नेपाल पुलिसले ताजकिस्तानको डाइमेडलाई हरायो « Khabarhub

काभा महिला भलिबल क्लब च्याम्पियनसिप : नेपाल पुलिसले ताजकिस्तानको डाइमेडलाई हरायो


१ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिप प्रतियोगितामा नेपाल पुलिस क्लबले ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

माल्दिभ्सको मालेमा आज भएको खेलमा पुलिसले ताजकिस्तानको डाइमेडमाथि ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । पुलिसले यसअघि पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब र दोस्रो खेलमा श्रीलङ्काको श्रीलङ्कन एयर फोर्सलाई समान ३–० को सेटमा नै पराजित गरेको थियो ।

आजको खेलमा पुलिसले पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१२ ले आफ्नो पक्षमा पारयो । त्यसैगरी खेलको तेस्रो सेट २५–१५ ले जित्यो । यस जितसँगै पुलिसले ९ अङ्क जोडेको छ ।

नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो । उक्त प्रतियोगिताअन्र्गत पुलिसले यही असोज ३ गते माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ८ : २६ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना