भारतद्वारा आफ्ना नागरिकलाई म्यान्मा छाड्न निर्देशन « Khabarhub

भारतद्वारा आफ्ना नागरिकलाई म्यान्मा छाड्न निर्देशन


२ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली । म्यान्माको रखाइन राज्यको बिग्रँदो सुरक्षा स्थितिका बीच भारतको विदेश मन्त्रालयले सम्पूर्ण भारतीय नागरिकलाई उक्त स्थान खाली गर्न निर्देशन दिएको छ ।

“रखाइन राज्यको अवस्था नाजुक रहेको छ । सुरक्षा स्थिति बिग्रँदो छ । हामीले त्यहाँ रहेका सम्पूर्ण भारतीय नागरिकलाई यथाशीघ्र उक्त ठाउँ छाड्न र कतैबाट त्यस क्षेत्रमा यात्रा नगर्न निर्देशन जारी गरेका छौँ”, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने ।

उनले रखाइन राज्यमा निरन्तर द्वन्द्व भइरहेकाले सुरक्षा स्थिति प्रतिकूल रहेको जानकारी दिए । “निरन्तर द्वन्द्वका कारण सुरक्षा स्थिति प्रतिकूल भए पनि हामी दुवै पक्षलाई शान्ति सुरक्षा कायम राख्न आह्वान गर्दछौँ”, भारतले म्यान्मामा शान्ति र सुरक्षा चाहेको भन्दै प्रवक्ता जैसवालले भने, “हामी म्यान्मामा शान्ति र स्थिरता चाहन्छौँ, रचनात्मक संवाद चाहन्छौँ तथा संवाद र रचनात्मक संलग्नतामार्फत हामी समावेशी लोकतन्त्रको स्थापना गर्न चाहन्छौँ ।”

गत फेब्रुअरीमा भारत सरकारले बिग्रँदो सुरक्षा स्थितिका बीच रखाइन राज्यमा यात्रा नगर्न सल्लाह दिँदै सम्पूर्ण भारतीय नागरिकमा निर्देशन जारी गरेको थियो । त्यहाँको बिग्रँदो सुरक्षा स्थिति, दूरसञ्चार साधनको अवरोध र अत्यावश्यक वस्तुहरूको चरम अभावका बारेमा प्रकाश पार्दै मन्त्रालयले रखाइन राज्यमा बसोबास गरिरहेका भारतीय नागरिकलाई तत्काल उक्त स्थान खाली गर्न सल्लाह दिएको हो ।

हाल म्यान्मामा हिंसाका घटना बढिरहेका छन् । गत अक्टोबरमा तीन जातीय अल्पसङ्ख्यक शक्तिले समन्वित आक्रमण गरेर केही सहर र सैनिक चौकीहरू कब्जामा लिएपछि हिंसाका घटना बढेका हुन् । विज्ञहरूले यस घटनालाई सन् २०२१ मा सत्ता लिएपछि जुन्ता सरकारका लागि ‘सबैभन्दा ठूलो परीक्षा’ भनेका छन् ।

उक्त घटनापश्चात म्यान्माली सेनाले सीमावर्ती क्षेत्रमा हवाई हमला गरेपछि भारत–म्यान्मा सीमामा रहेको भारतीय राज्य मिजोरममा म्यानमाबाट ठूलो सङ्ख्यामा मानिसहरूको आगमन भएको थियो ।

तीन वर्षअघि सेनाले सत्ता कब्जा गरेको म्यानमाले फेब्रुअरी १ मा सैन्य विद्रोहको तेस्रो वार्षिकोत्सव मनाएको हो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  १० : १९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका