अभिनेता जर्जी वाङलाई ६ वर्षको जेल सजाय « Khabarhub

अभिनेता जर्जी वाङलाई ६ वर्षको जेल सजाय


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता जर्जी वङ लगायत ११ जनालाई जेल सजाय तोकिएको छ ।

सन् २०१९ मा एक विद्रोहमा समावेश भएका वाङलाई ६ वर्षको जेल सजाय सुनाइएको हो । यो सजाय जिल्ला अदालतले दिएको सजाय मध्य सबै भन्दा लामो समयको पनि हो । 

प्रजातन्त्रको माग गर्दै भएको आन्दोलनमा सरिक भएका अभियन्ता भेन्टस लाउ र ओवेन चोउलाई पनि जेल सजाय सुनाइएको छ । विधायक बैठकमा गैर कानुनी रूपले प्रवेश गरेको आरोपमा दुई विद्यार्थीलाई जरिवाना लगाइएको छ । 

विवादास्पद कानुन लागु गरिए पछि सन् २०१९ को जुलाईमा हङकङमा ठुलो प्रदर्शन भएको थियो । 

जिल्ला अदालतले गरेको निर्णयमा सो आन्दोलनको क्रममा धेरै भौतिक संरचनाको समेत क्षति भएको तथा सामाजिक सद्भाव समेत खलबलिएको जनाइएको छ । सन् २०२० मा सो ऐन लागू हुन् अगाडि नै सयौँ जना गिरफ्तार भएको जनाइएको छ । 

सन् १९९७ मा दुई फरक व्यवस्थालाई स्वीकार गर्ने सर्तमा बेलायतले हङकङलाई चीनलाई हस्तान्तरण गरे पनि चीनले सो सम्झौतालाई बेवास्ता गर्दै एकतन्त्रीय शासन लादी रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ३ : १७ बजे

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।