अभिनेता जर्जी वाङलाई ६ वर्षको जेल सजाय « Khabarhub

अभिनेता जर्जी वाङलाई ६ वर्षको जेल सजाय


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता जर्जी वङ लगायत ११ जनालाई जेल सजाय तोकिएको छ ।

सन् २०१९ मा एक विद्रोहमा समावेश भएका वाङलाई ६ वर्षको जेल सजाय सुनाइएको हो । यो सजाय जिल्ला अदालतले दिएको सजाय मध्य सबै भन्दा लामो समयको पनि हो । 

प्रजातन्त्रको माग गर्दै भएको आन्दोलनमा सरिक भएका अभियन्ता भेन्टस लाउ र ओवेन चोउलाई पनि जेल सजाय सुनाइएको छ । विधायक बैठकमा गैर कानुनी रूपले प्रवेश गरेको आरोपमा दुई विद्यार्थीलाई जरिवाना लगाइएको छ । 

विवादास्पद कानुन लागु गरिए पछि सन् २०१९ को जुलाईमा हङकङमा ठुलो प्रदर्शन भएको थियो । 

जिल्ला अदालतले गरेको निर्णयमा सो आन्दोलनको क्रममा धेरै भौतिक संरचनाको समेत क्षति भएको तथा सामाजिक सद्भाव समेत खलबलिएको जनाइएको छ । सन् २०२० मा सो ऐन लागू हुन् अगाडि नै सयौँ जना गिरफ्तार भएको जनाइएको छ । 

सन् १९९७ मा दुई फरक व्यवस्थालाई स्वीकार गर्ने सर्तमा बेलायतले हङकङलाई चीनलाई हस्तान्तरण गरे पनि चीनले सो सम्झौतालाई बेवास्ता गर्दै एकतन्त्रीय शासन लादी रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ३ : १७ बजे

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको

धैर्य, एकता र कर्तव्यका साथ पुनर्निर्माणमा अघि बढौँ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य एकता र कर्तव्यका साथ विपद्को

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडाैं – प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा