आगलागीका कारण छ घर जलेर नष्ट « Khabarhub

आगलागीका कारण छ घर जलेर नष्ट


३ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

टक्सार– भोजपुर नगरपालिका–१२ टक्सारको मालबाँसेमा आगलागी भइरहेको छ । आज दिउँसोबाट लागेको आगलागीले स्थानीय बासिन्दाका घरसमेत जलेर नष्ट भएका छन् । वनमा लागेको डढेलोका कारण बस्तीमा रहेका घरसमेत जलेर नष्ट भएका हुन् ।

आगलागीबाट स्थानीय विशाल कार्कीका दुई, नरबहादुर कार्कीका दुई र पदम कार्कीको एक घर जलेर नष्ट भएको छ । बसोबास नभएको एक घर पनि जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।

 जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जङ्गलबाट सुरु भएको आगलागीका कारण स्थानीयका घरमा क्षति पुगेको जानकारी दिए।

आगलागीबाट बसोबास गर्दै आइरहेका पाँच र खाली एक परिवारको घर जलेर नष्ट भएको सूचना अधिकारी राईले जानकारी दिए । हावाहुरीका कारण आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ । 

आगलागी नियन्त्रणको प्रयासमा सेना, प्रहरी र सशस्त्र प्रहरीसहित स्थानीय जुटिरहेका प्रहरी निरीक्षक राईले बताए। 

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार  ७ : १९ बजे

एमाले सचिवमा यी हुन् जिततर्फ अग्रसर नौ उम्मेदवार, दशौँमा छन् गोकुल 

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा सचिव पदतर्फ ११३९

मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र सरकार सँगसँगै अगाडि बढ्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकको आर्थिक विकासमा निजी क्षेत्र

झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ

काठमाडौं– झुठ्ठा विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी

एमालेमा ईश्वर पोखरेल समूह बढारिने खतरा, योगेश र गोकर्ण मात्रै सुरक्षित

काठमाडौं- नेकपा (एमाले) को ११ औँ महाधिवेशनको मतगणना परिणामअनुसार अध्यक्षका

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज