राष्ट्रियसभाको राष्ट्रिय सरोकार र सुशासन समितिको सभापति चयन गरिँदै « Khabarhub

राष्ट्रियसभाको राष्ट्रिय सरोकार र सुशासन समितिको सभापति चयन गरिँदै


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक आज बस्दै छ । जसमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति तथा आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

सिंहदरबारमा दिउँसो १ बजे बस्ने राष्ट्रिय सरोकार समितिकाे बैठकमा राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (१) बमोजिम समितिको सभापति रिक्त पदको निर्वाचन तथा समितिमा मनोनीत भइ आएका नयाँ सदस्यको स्वागत गर्नेलगायतका कार्यक्रम रहेको छ ।

यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा समितिका सभापतिको निर्वाचनलगायत कार्यक्रमको कार्यसूची रहेको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा एमालेका सोनाम गेल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कांग्रेसका कमला पन्तको उम्मेदवारी परेको छ ।

शेर्पालाई माओवादीका गोपीबहादुर सार्की अछामी, एमालेकी इन्दिरादेवी गौतम र कांग्रेसकी दुर्गाकुमारी गुरुङको समर्थन छ भने पन्तलाई कांग्रेसका नारायणदत्त भट्ट र एमालेकी शारदादेवी भट्टको समर्थन छ ।

एक–एक जनाको मात्रै उम्मेदवारी परेकाले दुवै समितिका सभापति निर्विरोध चयन भएको घोषणा हुनेछ । यी दुई सभापतिमा सत्तारुढ दल एमाले र नेपाली कांग्रेसले भागबण्डा गरेका हुन् ।

 

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ६ : ३३ बजे

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको

रुसी जहाज कब्जा गरिए प्रतिशोध गर्ने पुटिनको चेतावनी

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रुसी व्यापारिक