सुस्मा हत्या प्रकरण : अभियुक्तले प्रयोग गरेका सामग्री सार्वजनिक | Khabarhub Khabarhub

सुस्मा हत्या प्रकरण : अभियुक्तले प्रयोग गरेका सामग्री सार्वजनिक


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले काठमाडौंको गोकर्णेश्वर नगरपालिका– ३ स्थित तारेभीरमा मृत फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै तारेभीर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा उनकै छिमेकी बर्ष २१ का रुपेन्द्र लामालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

बुढानिलकण्ठ उच्च माविमा १२ कक्षामा अध्ययनरत बर्ष १८ की सुष्मा लामाको शव प्रहरीले गत फागुन २४ मा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरमा जंगलमा फेला पारेको थियो ।

सोही घटनाको अनुसन्धानका गर्दा छिमेकी युवकले नै हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी अनिल घिमिरेले जानकारी दिए । पक्राउ परेका लामाले युवतीलाई एकतर्फी मन पराएको र पटक पटक प्रेम प्रस्ताव गर्दा अस्वीकार गरेपछि हत्या गरेर जंगलमा पुरेको अनुसन्धानबाट खुलेको घिमिरेले बताए ।

अपराधपछि घटना लुकाउन प्रविधिको समेत गलत प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिबाट खाल्डो खन्न प्रयोग गरेको कुटो र उनको कोठाबाट मृतकको मोवाइल र किताव कापी पनि बरामद गरेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १ : ०३ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ३१ गते सोमबार सन्

दिल्लीलाई हराउँदै आरसिबी प्लेअफ दौडमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख ३१ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख ३१ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ३१ गते सोमबार तदनुसार

दुई एआइजी र दुई डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र