चित्र कोरेर गुजारा चलाउँदै तुलसीराम « Khabarhub

चित्र कोरेर गुजारा चलाउँदै तुलसीराम


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेदकोट– कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो । कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उनले यही सीपलाई जीविकोपार्जनको आधार बनाएका छन् ।

आफूले व्यावसायिक रूपमा चित्र कोर्न तथा भित्ते लेखन सुरु गरेको दुई दशक बढी समय भएको उनले सुनाए । ‘विद्यालयमा छँदा गृहकार्य गर्न छोडेर चित्र बनाउँथे । रातमा टुकी बालेर भारतीय अभिनेता गोविन्दा, सञ्जयदत्तको चित्र बनाएर दाईलाई देखाउँथे’, उनले भने, ‘चित्रकलाप्रति सानैदेखि इच्छा भएकाले यसतर्फ आकर्षित भएँ ।

तुलसीरामले चित्र बनाउनका लागि कुनै तालिम भने लिएका छैनन् । विद्यालयमा चित्रकला प्रतियोगितामा प्रथम भएपछि यसप्रति झनै लगाव बढेको तुलसीराम चौधरीले बताए ।

‘सगरमाथामा नेपालको झण्डा फहराएको चित्र बनाएको थिएँ । देशको पहिचान झल्काएको भन्दै शिक्षक धेरै प्रशंसा गरे’, विद्यालयमा छँदाको अनुभव सम्झँदै उनले भने, ‘त्यस बेला मलाई सगरमाथा विश्वकै अग्लो शिखरको भन्ने थाहै थिएन । दिमागमा त्यस्तै फुर्‍यो, बनाएँ ।’

उनी चित्र कोर्ने कामका साथै खेती किसानीमा पनि संलग्न छन्। बेलौरी नगरपालिका–२ बैजुडाँडामा डेढ बिघा जमिनमा खेती गरिरहेको तुलसीरामले बताए । ‘फुर्सदको समयमा खेतीपाती गरिन्छ । चित्र तथा लेखनको काम आएपछि त्यो पनि छोडिँदैन ।’, उनले भने, ‘विगतभन्दा अहिले नयाँ प्रविधि आउनाले हस्तकलाको काम कम पाइन्छ ।’

उनका अनुसार विगतमा मासिक ५० हजार रुपैयाँ भन्दा बढी कमाउन सकिन्थ्यो । प्रविधिको बढ्दो प्रयोगले हस्तकला हराउँदै गएको उनले बताए । विगतको तुलना काम कम पाइने भए पनि हाल दैनिक एक हजार रुपैयाँसम्म आम्दानी भइरहेको उनको भनाइ छ ।

‘विगतमा सरकारी कार्यालय, पसल सबैतिर हातैले लेख्थे । अहिले डिजिटल मेसिन आइसके । विगतको भन्दा काम कम पाइन्छ’, उनले भने, ‘त्यहीँ पनि दिनहुँ एक हजार रुपैयाँ भन्दा बढी आम्दानी हुने गर्छ ।’

भित्ते लेखन तथा चित्र कोरेबापत प्रतिवर्ग फिट तीन सयदेखि पाँच सय रुपैयाँसम्म शुल्क लिने गरिएको छ । तुलसीराम भारत्तोलनको खेलाडी पनि हुन्। विसं २०४६ मा क्षेत्रीय प्रतियोगितामा भारत्तोलनमा प्रथम र राष्ट्रिय प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको उनले बताए ।

तुलसीरामको बेलौरी नगरपालिका–२ बैजुडाँडामा श्रीमती र छोरा बस्छन् । ‘दुइ छोरीहरु पनि राम्रो चित्र बनाउँछन् । अन्य पेसामा हुँदा उनीहरूले व्यावसायिकता दिन पाएका छैनन्’, उनले भने, ‘चित्र कोरेर र भित्ते लेखन गरेर गुजारा चलेको छ । कामको खोजीमा बिदेसिनु परेको छैन । यसमै खुसी छु ।’

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ६ : २१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका