प्रहरीले सार्वजनिक गर्यो नक्कली नोटसहित प्रकाउ परेका तीन अभियुक्त « Khabarhub

प्रहरीले सार्वजनिक गर्यो नक्कली नोटसहित प्रकाउ परेका तीन अभियुक्त


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुर प्रहरीले नक्कली नोट सहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरले आइतबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट छाप्ने र कारोबार गर्ने गोदावरी नगरपालिका ३ टौखेल बस्ने करण प्रधान, काभ्रे मण्डनदेउपुर बस्ने सञ्जय अधिकारी र बेथानचोक घर भई बनेपा सबिन हुमागाईंलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

नक्कली नोटबाट कारोबारको सुचना आएपछि करण प्रधानलाई एक हजारको २० थान नक्कली नोटसहित पक्राउ गरिएको र सोधपुछ गर्ने क्रममा सञ्जय अधिकारीको पनि संलग्नता देखिएपछि १ सय १५ वटा एक हजार नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए ।

त्यस्तै थप अनुसन्धान गर्दा मोवाइल पसल व्यवसाय गर्ने सबिन हुमागाईंलाई एक हजारको ६९ वटा र पाँच सयको १ वटा नक्कली नोट सहित पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका हुमागाईंले आफ्नै पसलमा नक्कली नोट छाप्ने गरेको खुलेको खनालले बताए ।

उनीहरूबाट नक्कली नोट छाप्न प्रयोग हुने प्रिन्टर, सादा पेपर चार सय थानलगायत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई मुद्रा सम्बन्धी कसुरमा म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ६ : ५१ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा