निःशुल्क मुटुरोग शिविरबाट ३४३ जना लाभान्वित « Khabarhub

निःशुल्क मुटुरोग शिविरबाट ३४३ जना लाभान्वित


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रामेछाप– जिल्ला अस्पताल रामेछापमा आइतबार सञ्चालित एक दिने निःशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरबाट तीन सय ४३ जना लाभान्वित भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा मेडिकल सुपरिटेन्डेन्ट डा. केशव श्रेष्ठका अनुसार  सहिद गङ्गालाल फाउन्डेसन नेपालको आयोजना, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोग र रामेछाप नगरपालिका तथा जिल्ला अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा गङ्गालाल अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए ।

शिविरमा एक सय जनाको मुटुको भिडियो एक्सरे, एक सय १५ जनाको एसीजी र एक सय १८ जनाको  मुटु परीक्षण गरिएको  जिल्ला अस्पताल विकास समिति रामेछापका अध्यक्ष यम पाख्रिनले बताए । दश जना मुटुरोगीलाई भने थप उपचारका लागि गङ्गालाल अस्पताल सिफारिस गरिएको छ ।

शिविरको नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. सशाङ्क कोइरालाले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : १६ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको