आइसिसी अध्यक्ष नेपालमा : भन्छन्- क्रिकेट विकासमा सहयोग गर्छु « Khabarhub

आइसिसी अध्यक्ष नेपालमा : भन्छन्- क्रिकेट विकासमा सहयोग गर्छु


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अध्यक्ष ग्रेग बार्क नेपाल भ्रमणका लागि आएका छन्।

सोमबार भारतको राजधानी नयाँ दिल्लीबाट नेपाल आइपुगेका बार्कलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गरे। बार्क तीन दिन नेपालमा रहनेछन्।

विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने बताएका हुन्। उनले भ्रणमा नेपाली क्रिकेटको संरचनाबारे निरीक्षण गर्ने जानकारी दिए्। अध्यक्ष बार्कले कीर्तिपुरस्थित त्रिवि र मूलपानी क्रिकेट मैदानको अवलोकन गर्ने र शीर्ष राजनीतिक नेतृत्वसँग भेट गर्ने कार्यक्रम छ।

विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको धारणा व्यक्त गरेका छन्। नेपाल भ्रमणमा बार्कलेल प्रधानमन्त्री, अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीसँग क्रिकेटलाई सहयोग, आर्थिक पक्षका अवसर तथा खेलकुद नीतिबारे छलफल गर्नेछन्।

बार्क सन् २०२० मा आइसिसीको अध्यक्ष बनेका हुन्।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ५ : ५९ बजे

निर्वाचनमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गर्न प्रशासनलाई गृहमन्त्री अर्यालको निर्देशन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनपूर्व र निर्वाचनको

साफ यू–१९ महिला च्याम्पियनसिप : नेपाल भारतसँग पराजित

कास्की – पोखरामा आजदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप

विपद्का १४ मध्ये १२ वटा आगलागी र डढेलोका घटना

काठमाडौं – पछिल्लो २४ घण्टामा विभिन्न विपद्का १४ घटनामध्ये १२

डिजेल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं – नेपाल आयल निगमले डिजेलरमट्टितेको मूल्य बढाएको छ ।

सङ्खुवासभाको चैनपुरमा खुकुरी प्रहार गरी एक जनाको हत्या

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–१० स्थित इखम्बुमा खुकुरी प्रहार गरी