पाकिस्तान सुपर लिगको उपाधि इस्लामावादलाई « Khabarhub

पाकिस्तान सुपर लिगको उपाधि इस्लामावादलाई


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेटको उपाधि इस्लामावाद युनाइटेडले जितेको छ । गएराति कराँचीस्थित नेशनल क्रिकेट रङ्गशालामा भएको खेलमा मुल्तान सुल्तानलाई दुई विकेटले हराउँदै इस्लामावादले उपाधि जितेको हो ।

मुल्तानले प्रस्तुत गरेको १६० रनको लक्ष्य इस्तामावादले अन्तिम बलमा आठ विकेट गुमाएर पूरा गर्‍याे

इस्तामाबादका मार्टिन गप्टिलले सर्वाधिक ५० रनको योगदान गरे । यसैगरी, अजाम खानले ३०, इमाद वासिमले १९, कोलिन मुनरोनसिम शाहले १७–१७ तथा आगा सलमानले १० रन जोडे ।

मुल्तान सुल्तानका खुसदिल शाह र इफ्तिखर अहमदले दुई–दुई तथा डेविड विली, मोहम्मद अली र उस्मान मिरले एक–एक विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको मुल्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।

मुल्तानका उस्मान खानले सर्वाधिक ५७ रनको अर्धशतकीय पारी खेले । यस्तै, इफ्तिखर अहमदले अविजित ३२, कप्तान मोहम्मद रिजवानले २६ र खुसदिल शाहले ११ रन जोडे। इस्लामावादका लागि इमाद वासिमले पाँच तथा शदाब खानले तीन विकेट लिए ।

इस्लामावादको यो तेस्रो पीएसएल उपाधि हो । यसअघि सन् २०१६ र २०१८ मा पनि इस्लामावादले उपाधि जितेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ९ : ५३ बजे

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।

कांग्रेसको विशेष महाधिवेशन : आज बिहान १० बजेदेखि बन्दसत्र

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान