रूकुम पश्चिमको चौरजहारी विमानस्थल सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाउँछु : प्रधानमन्त्री  « Khabarhub

रूकुम पश्चिमको चौरजहारी विमानस्थल सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाउँछु : प्रधानमन्त्री 


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक, सांस्कृतिक, राजनीतिक तथा आर्थिकरूपमा ऐतिहासिक विभेदमा परेका दलितलगायत समुदायको संविधानप्रदत्त अधिकारको रक्षा गर्ने विषयलाई अत्यन्तै गम्भीरताका साथ लिएको बताए ।

प्रतिनिधिसभाका सांसदहरूले सोध्नुभएको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले उपेक्षित, उत्पीडित, दलित वर्ग उत्थान विकास समिति, वादी विकास समिति र पिछडा वर्ग उत्थान विकास समितिका समस्याका बारेमा सरकार जानकार रहेको बताए ।

दलित क्षेत्रमा क्रियाशील नागरिक सङ्घसंस्था, नागरिक अगुवा तथा राष्ट्रिय दलित आयोग लगायतका निकायसँगको परामर्शमा दलित विकास प्राधिकरण स्थापना गर्न सरकारले पहल गर्ने पुनः प्रधानमन्त्रीले स्पष्ट पारे ।

उनले रूकुम पश्चिमको चौरजहारी विमानस्थल सञ्चालन गर्न आवश्यक प्रबन्ध गरी सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकार प्रयत्नशील रहेको बताए ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १ : २१ बजे

राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्