पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर | Khabarhub Khabarhub

पर्यटक बढाउन पोखराका होटेलमा छुट अफर


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

गण्डकी– होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । 

महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको सङ्घका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी दिए ।

महोत्सवको तयारीका लागि विभिन्न २१ वटा उपसमिति गठन गरिएको उनले बताए । उपसमितिका साथै लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकसमेत तोकिएको छ । 

सङ्घका उपाध्यक्ष दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ । महोत्सव प्रचारप्रसारको मुख्य जिम्मेवारी सङ्घका महासचिव राजेन्द्र ढकाललाई दिइएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रुपमा लिएको सङ्घले जनाएको छ । 

नेपाली कला र मौलिक संस्कृतिको संरक्षण गर्दै नेपाली नयाँ वर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्देश्यसहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म महोत्सव गर्न लागिएको हो । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ । 

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ४ : ३४ बजे

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको

दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते

धनगढी – दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते भएकी छन्,

सङ्खुवासभाको तुम्लिङटारमा दुई सातापछि उडान

सङ्खुवासभा – सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १६ दिनपछि उडान भरिएको छ