साउथ चाइना सी मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई छैन : चीन | Khabarhub Khabarhub

साउथ चाइना सी मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई छैन : चीन


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


996
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउथ चाइना सी’मा हस्तक्षेप गर्ने अधिकार अमेरिकालाई नभएको चीनले मंगलबार बताएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले विवादित जलमार्गमा भएको सशस्त्र आक्रमणविरुद्ध फिलिपिन्सको रक्षा गर्ने आफ्नो प्रतिबद्धतामा वासिङ्टन अडिग रहेको बताएपछि चीनको उक्त भनाई आएको हो । 

‘संयुक्त राज्य अमेरिका ‘साउथ चाइना सी’ को मुद्दाको पक्ष राष्ट्र होइन र चीन र फिलिपिन्सबीचको सामुद्रिक मामिलामा हस्तक्षेप गर्ने कुनै अधिकार छैन,’  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा भने ।

सन् २०२२ मा राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यभार सम्हालेपछि दोस्रो पटक फिलिपिन्सको राजधानी मनिला पुगेका ब्लिन्केनले मित्रराष्ट्रका लागि चीनविरुद्धको अमेरिकी समर्थनलाई मजबुत बनाउन संक्षिप्त एसिया भ्रमण गरेका हुन्  । 

ब्लिन्केनको टिप्पणीबारे सोधिएको प्रश्नको जवाफमा लिनले भने, ‘अमेरिका र फिलिपिन्सबीचको सैन्य सहकार्यले ‘साउथ चाइना सी’मा चीनको सार्वभौमिकता, सामुद्रिक अधिकार र हितलाई हानि पुर्‍याउनु हुँदैन र फिलिपिन्सको अवैध दाबीका लागि प्लेटफर्म प्रदान गर्न अझै कम अवसर प्रयोग गर्नुपर्छ ।’

‘चीनले आफ्नो क्षेत्रीय सम्प्रभुता र सामुद्रिक अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न र ‘साउथ चाइना सी’ मा शान्ति र स्थिरता कायम गर्न आवश्यक कदम चालिरहनेछ,’ उनले भने । 

बेइजिङले फिलिपिन्सलगायत दक्षिणपूर्वी एसियाका धेरै राष्ट्रहरूको प्रतिस्पर्धात्मक दाबीलाई बेवास्ता गर्दै विश्व व्यापारका लागि महत्वपूर्ण मार्गका रूपमा रहेको ‘साउथ चाइना सी’ को करिब सम्पूर्ण भूभागमाथि दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ५ : ४२ बजे

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ

सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार

गलकोट– बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई