लागूऔषधसहित चार जना पक्राउ « Khabarhub

लागूऔषधसहित चार जना पक्राउ


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

वीरगन्जवीरगन्जबाट प्रहरीले लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित चार जनालाई पक्राउ गरेको छ। वीरगञ्जका दुई छुट्टा छुट्टै स्थानबाट प्रहरीले एक युवतीसहित चार जनालाई पक्राउ गरेको हो।

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकस्थित सडकमा प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेका चितवनको भरतपुर महानगरपालिका–१७ निवासी २४ वर्षीय अमित गुरुङ र २४ वर्षीया सुनिता विकलाई १ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित सडकमा प्रहरीले बा.९५ प २३०३ नम्बरको स्कुटी रोकेर चेकजाँच गर्दा त्यसमा सवार दुई युवक पनि खैरो हेरोइनसहित पक्राउ परेको थापाले बताए। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका– ५ का २४ बर्षिया सेजल श्रेष्ठ र पर्साको जिराभवानी गाँउपालिका–२ का १९ बर्षिया विजय साह रहेका छन्।

उनीहरूको साथबाट पनि १ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। खैरो हेरोइनसहित पक्राउ परेका चारै जनाविरुद्ध लागू औषधसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताए।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ५ : ५६ बजे

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति