दक्षिण कोरियाली ट्यांकर जापान नजिकै पल्टिँदा सात बेपत्ता « Khabarhub

दक्षिण कोरियाली ट्यांकर जापान नजिकै पल्टिँदा सात बेपत्ता


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानी समुद्रमा ११ जना चालकदलका सदस्यसहित चलिरहेको दक्षिण कोरियाली रासायनिक ट्यांकर समुद्रमा पल्टिँदा सात जना बेपत्ता भएको जापानी टेलिभिजन एनएचकेले बुधबार जनाएको छ ।

दुई कोरियाली, आठ इन्डोनेसियाली र एक चिनियाँ चालक दलका सदस्यसहित समुद्री मार्गबाट आफ्नो गन्तव्यमा हिँडिरहेका समय भएको दुर्घटनामा परेका चार जनालाई अहिलेसम्म उद्धार गरिएको एनएचकेले जनाएको छ । 

एनएचकेले दिएको श्रव्यदृष्यमा पल्टिएको जहाजको रातो भाग देख्न सकिन्छ । 

जहाज झुकिरहेको जानकारी चालकदलले बुधबार बिहान तटरक्षकलाई दिएको तथा जापानको दक्षिणपश्चिमी तटमा रहेको मुत्सुर टापु नजिकै सहयोगको अनुरोध गरेको एनएचकेले जनाएको छ ।

एनएचकेका अनुसार ट्यांकरले बोकेको रसायनको प्रकार परिणाम वा त्यसमा चुहावटको विषयमा भने विस्तृत विवरण दिएको छैन ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ५ : २६ बजे

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन