प्राणायाममार्फत चित्त एकाग्र बनाउने तरिका | Khabarhub Khabarhub

प्राणायाममार्फत चित्त एकाग्र बनाउने तरिका


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ‘प्राणायाम योगको एउटा मुख्य अङ्ग हो । योग भन्नासाथ मन, वचन र कर्ममा अनुशासन भन्ने बुझिन्छ । योगका विभिन्न परिभाषाहरू मध्ये आफूले आफैँमाथि अनुशासन कायम गर्नुको नाम पनि योग हो ।’

डा. गोविन्द टन्डनको यो भनाइले नै योग हाम्रो जीवनमा कति महत्वपूर्ण छ भनेर बुझाउँछ । प्राणायाम रोग निवारणको एक औषधि नै हो भन्दा पनि फरक पर्दैन । दैनिक रुपमा गरिने प्राणायामले मानिसको ७२ हजार नसामा रक्तप्रवाह राम्रो गराउन मद्दत गर्छ । प्राणायामलाई बालबालिका, युवायुवती, वृद्धवृद्धा सबैले सहज रुपमा गर्न सक्छन् ।

यसरी शुरु गर्नुहोस् प्राणायाम
– छातीमा भरिएको श्वास नाकबाट बिस्तारै-बिस्तारै बाहिर निकाल्नुहोस् ।
– श्वास निकाल्न जति समय लगाउनु भयो त्यसको एक चौथाई समयसम्म रोक्नुहोस् ।
– पुनः बिस्तारै-बिस्तारै श्वास लिनुहोस् ।
– श्वास लिँदा पेटदेखि फोक्सोसम्म पूर्ण रूपले हावा भर्नुहोस् ।
– अब बिस्तारै जति बेरसम्म श्वासलाई बाहिर रोकिएको छ त्यति नै समय भित्र रोक्नुहोस् ।
– यो क्रम पहिलो दिन ७ पटक र त्यस पछिका दिनमा दुई पटक बढाउदै जानुहोस् ।
योगले केवल शरीर स्वस्थ बनाउन सहायता मात्र गर्दैन यसको माध्यमले चित्तमा एकाग्रता पनि बढाउँछ ।

यसरी गर्नुहोस् चित्तको एकाग्रताका लागी प्राणायाम–
शवासन–शिथिलासनमा सुत्नुहोस्
– अब शरीरलाई एकदमै लचिलो बनाउनुहोस् ।
– त्यसपछि कानमा रुवा लगाएर आँखा बन्द गर्नुहोस्, जसबाट बाहिरको शब्द नसुनियोस् ।
– त्यसपछि दृष्टि नाकको टुप्पोमा राख्नुहोस् ।
– साधारण तरिकाले गहिरो श्वास लिने तथा छोड्ने गर्नुहोस् ।
यही बीचमा केही समय कुम्भक पनि गर्नुहोस् ।
– पुनः आँखाका पुतलीलाई माथि चढाएर आँखी भूँईको बिचमा अर्थात् आज्ञाचक्रमा दिव्य तेजको ध्यान गर्नुहोस् ।
– अब केही निन्द्रा जस्तो आउन खोज्छ । यदि त्यसो भयो भने त्यसलाई नतोड्नु होला ।

यस अवस्थामा अनाहत’ नाद सुनिन थाल्छ र ज्योति स्वरूप परमात्माको दर्शन हुनाले चित्तको एकाग्रता दिनदिनै बढ्दै जान्छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ७ : २० बजे

जुम्ला पुगे चिरीबाबु

जुम्ला– ललितपुर महानगरका मेयर चिरीबाबु महर्जसहितको प्रतिनिधिमण्डल जुम्ला पुगेका छन्

इलाममा बाढीपहिरोले क्षतिग्रस्त सडक खुलाउन धमाधम काम हुँदै

काठमाडौं- पूर्वी पहाडका जिल्लाहरु जोड्ने मेची राजमार्ग असोज १८, १९

सर्वोच्चमा रिट हाल्नेको जिकिर : सुशीला कार्कीको नियुक्ति असंवैधानिक, संसद् फर्किनु पर्छ

काठमाडौं- अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा

अब दर्ता नभई सहकारी सञ्चालन गर्न नपाइने, १५ लाखसम्म जरिवाना

काठमाडौं– अबदेखि दर्ता नभई कुनै पनि बचत तथा ऋण सहकारी

पर्यटकको पर्खाइमा गण्डकीका पर्यटकीयस्थल

गण्डकी– दशैँलगत्तै बर्सातका कारण दुई–तीन दिन मौसम प्रतिकूल भए पनि