संघीय संसदका ५ वटा समितिको बैठक बस्दै « Khabarhub

संघीय संसदका ५ वटा समितिको बैठक बस्दै


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसदका विभिन्न ५ वटा समितिको बैठक आज बस्दैछन् । आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

जस अन्तर्गत कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान १० बजे सिंहदरबारमा बस्दैछ ।

बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी एवं थुनुवाहरुको मानवअधिकारको अवस्थाको स्वागत अध्ययन भ्रमण  सम्बन्ध तथ केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रतिनिधिसभाकी समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम छ ।

यस्तै बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको कार्यक्षेत्र र कार्ययोजनाको बारेमा छलफल हुनेछ ।

यता, अर्थ समितिको बैठक पनि बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक वर्ष २०८१–०८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थमन्त्रीसँग छलफल गर्नुका साथै कार्ययोजना उपसमितिको प्रतिवेदन प्रस्तुत हुनेछ ।

यसैगरी बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उदयपुर र हेटौँडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ९ : ४७ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज