रुसमा मृत्यु भएका सैनिकका परिवारले बुझाए डीएनएको नमूना « Khabarhub

रुसमा मृत्यु भएका सैनिकका परिवारले बुझाए डीएनएको नमूना


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपाली युवाका आफन्तले शवको पहिचानका लागि डीएनएको नमूना बुझाएका छन् । महाराजगञ्जस्थित  शिक्षण अस्पतालमा पुगेर विहीबार मृतकका परिवारहरूले डीएनएको नमुना दिएका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गत २४ फागुनमा रुसले रुसी सेनामा मृत्यु भएका १५ जना नेपालीको  शव पहिचानका लागि नेपालबाट परिवारका सदस्यको डीएनएको नमुना पठाइदिन पत्राचार गरेको  थियो ।

परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले दाङका जितबहादुर पुन मगर र अभिषेक बुढा, नवलपरासीका प्रेमप्रकाश न्यौपाने, बाँकेका चन्द्रबहादुर बीसी, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङका परिवारलाई डीएनए संकलनका लागि बोलाएको छ ।

त्यसैगरी प्यूठानका सोमेश सुनुवार र विकास राई, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, तेह्रथुमका टीकाबहादुर रानामगर र भीमबहादुर बिसी, खोटाङका क्षितिज बस्नेतको परिवारको पनि डीएनए नमुना पठाइदिन रुसले आग्रह गरेको छ।

कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार हालसम्म १५ जनामध्ये ८ जनाको नमूना रुस पठाइसकिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  २ : ४० बजे

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक आयोजनाको

पहिरोले तातोपानी नाका अवरुद्ध हुँदा आयात–निर्यात ठप्प

काठमाडौं– नेपाल–चीन व्यापारको प्रमुख प्रवेशद्वार तातोपानी नाका तीन साताभन्दा लामो

भोजपुरमा वडाध्यक्षसहित १२३ जना श्रम संस्कृतिमा प्रवेश

भोजपुर– साल्पासिलिछो गाउँपालिका-६ का निर्वाचित बहालवाला वडाध्यक्ष विक्रम वनसहित १२३

कांग्रेसको १५औँ महाधिवेशन तोकिएकै समयमा हुन्छ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन तोकिएकै

कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना पक्राउ

कर्णाली– पलाँता गाउँपालिका–थिर्पु कालिकोट पलाँता अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथि