म हिरो बन्छु भन्दा खिसी गर्थे : विपिन  « Khabarhub

म हिरो बन्छु भन्दा खिसी गर्थे : विपिन 


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नायक विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘महाजात्रा’ चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ । टेलर सार्वजनिक भएदेखि नै चर्चा कमाएको यस फिल्मले प्रिमियरपछि झन् राम्रो प्रतिक्रिया पाएको छ ।

‘जात्रा’को तेस्रो श्रृंखलाका रुपमा निर्माण पक्षले ‘महाजात्रा’ बनाएको हो । अघिल्ला दुई शृंखला नायक विपिन कार्कीका लागि अभिनय क्षमता मजबुत ढंगले प्रमाणित गर्ने अवसर बनेका थिए । 

हरेक फिल्ममा आफूलाई फरक ‘लुक्स’मा प्रस्तुत गर्ने विपिन यी श्रृंखलमा ‘फडिन्द्र’को भूमिकामा देखिएका छन् । अघिका फिल्म ‘छड्के’, ‘पशुपतिप्रसाद’लगायतबाट अभिनयमा आफूलाई प्रमाणित गरिसकेका विपिनलाई ‘फडिन्द्र’को भूमिकाले नयाँ आयाम दिएको हो भन्दा फरक पर्दैन ।
सोही कारण विपिन जात्रा श्रृंखलाको निर्माण पक्षप्रति कृतज्ञ छन् ।

 उनी भन्छन्, ‘मलाई हिरो बन्छु भन्दा धेरैले हासेर उडाए, खिसी गरे । निर्देशक प्रदीप भट्टराईले मलाई हिरो बनाउनु भयो । अहिले अभिनय यात्रा यहाँसम्म आइपुगेको छ ।’

‘महाजात्रा’ यसअघिका श्रृंखलाभन्दा उत्कृष्ट बनेकामा उनी ढुक्क छन् । फिल्म हाँसो र रोदनको मिश्रण रहेको दाबी गर्दै विपिन उनी भन्छन्, ‘हसाउने, रुवाउने र दायित्व बोध गराउने फिल्म हो । फिल्म हेर्दा हासिन्छ, रोइन्छ, केही सिकिन्छ ।’

निर्देशक भट्टराई पनि विपिनको अभिनयलाई लिएर सन्तुष्ट छन् । फिल्ममा विपिनलाई अनुबन्ध गर्नुको कारण बारे प्रदीप भन्छन्, ‘उहाँ प्राय खलपात्रमा देखिनुहुन्थ्यो । यो नायकले इमानदार व्यक्तिको भूमिका पनि निर्वाह गर्न सक्छ भन्ने लागेर प्रयास गरेका हौं ।’

षट्कोण आर्ट्सको ब्यानरमा बनेको यो फिल्ममा अभिनेता कार्कीसहित वरिष्ठ कलाकार हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, दिव्य देव, वर्षा राउत, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, गौमाया गुरुङ लगायतको अभिनय रहेको छ । 

यस फिल्ममा निर्देशक भट्टराईले आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्दा आउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरेका छन् । 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  २ : ५६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर