राष्ट्रपतिकै नाम लागूपर्दाथ समूहसँग जोडिएपछि हिंसात्मक प्रदर्शन « Khabarhub

राष्ट्रपतिकै नाम लागूपर्दाथ समूहसँग जोडिएपछि हिंसात्मक प्रदर्शन


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेगुसिगाल्पा– ल्याटिन अमेरिकी मुलुक होण्डुरसमा लागूपदार्थ समूहसँग राष्ट्रपति हुआँ ओर्लाण्डो हर्नाण्डेजको नाम जोडिएपछि उनीविरुद्ध राजधानी टेगुसिगाल्पामा दशौं हजारले प्रदर्शन गरेका छन् ।

सन् २०१३ मा भएको निर्वाचनमा शक्तिशाली लागूपदार्थ तस्कर समूहसँग पैसा लिएको खुलासा भएपछि उनीविरुद्ध व्यापक जनआक्रोश पैदा भएको छ । केही दिनअघि मात्र उनले लागूपदार्थ समूहसँग पैसा लिएको अस्वीकार गर्न बाध्य भएका थिए ।

राष्ट्रपतिविरुद्धको प्रदर्शन हिंसात्मक भएको तथा ठाउँठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेका थिए । जवाफमा प्रदर्शनकारीले ठाउँठाउँमा आगजनी गरेको र प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको बताइएको छ ।

गत सातामात्र अमेरिकाको एक अदालतले सार्वजनिक गरेको दस्तावेजमा राष्ट्रपति हुआँ ओर्लाण्डो हर्नाण्डेजले सन् २०१३ मा भएको निर्वाचनका लागि लागूपदार्थ समूहबाट १५ लाख अमेरिकी डलरभन्दा धेरै चन्दा लिएको खुलासा गरेको थियो ।

उनले भने आफू यस्तो गतिविधिमा संलग्न नरहेको र लागूपदार्थ समूहविरुद्ध आफ्नो प्रशासनले चालेको कदमबाट आक्रोशित समूहले आफूविरुद्ध षड्यन्त्र गरेको उनको भनाइ छ ।

गत नोभेम्बर महिनामा उनका भाइ टोनीलाई अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी शहरमा पक्राउ गरिएको थियो । त्यसयता उनलाई राजीनामा दिन तीब्र दबाब रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : २० बजे

एमालेको उद्घाटन सत्र ४ बजे सक्ने, त्यसपछि बन्द सत्र

काठमाडौं- नेकपा एमालेले ४ बजेसम्ममा उद्घाटन सत्र सक्ने उपमहासचिव प्रदीप

एमाले महाधिवेशनको उद्घाटन सत्र सुरु, ओलीद्वारा झण्डोत्तोलन

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले रिमोटबाट

पाल्पा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो

काठमाडौं– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको

युरोपेली सङ्घद्वारा रूसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध लागू

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले शुक्रबार रूसी केन्द्रीय बैंकका सम्पत्ति

अन्य शीर्ष नपुग्दा लिङदेन पुगे एमाले महाधिवेशनमा

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र