राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ : ओली « Khabarhub

राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्छ : ओली


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति देश र जनताको समृद्धिमा केन्द्रित हुनुपर्ने बताएका छन्।  

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा नेपाल उत्पीडित जातीय मुक्ति समाजले ५९औँ अन्तर्राष्ट्रिय जातिभेद तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिको लागि लोकतान्त्रिक गणतन्त्र साधन मात्र रहेको उल्लेख गर्दै राजनीतिको गन्तव्य मानवजातिको सुख र समृद्धि भएको बताए। 

अध्यक्ष ओलीले राजनीति सुदृढ अर्थतन्त्र र समृद्धिको माध्यम भएको धारणा राखे। समाजको उन्नतिका लागि, प्रगतिका लागि, समानता, शान्ति सुव्यवस्थाका लागि, स्वच्छताका लागि, पारदर्शिताका लागि र सम्मानका लागि राजनीति केन्द्रित हुनुपर्ने उनले बताए। 

उनले मानिस रङ्ग, जात र सम्पत्ति, धर्म वा कुलिनको हिसाबले कोही जन्मँदै श्रेष्ठ वा नीच भन्ने नहुने बताए। उनले सबै मानिस जन्मँदा बराबर जन्मिन्छन् र स्वतन्त्र हुने बताए। 

अध्यक्ष ओलीले एमाले कुनै एउटा भूगोल, धर्म, जात वा समुदाय विशेषको पार्टी नभएको स्पष्ट पारे। उनले कम्युनिष्ट आन्दोलन समानता र मानव स्वतन्त्रताको आन्दोलन भएको बताए। उनले नेपाल कम्युनिष्ट पार्टीले दलित समुदायलाई नै सङ्गठित गरेर अघि बढाउँदा जातीय विभेद अन्त्य गर्न सकिन्छ भनेर विसं २०४५ मा नै उत्पीडित जाति उत्थान मञ्च गठन गरेर जातीय विभेद विरुद्धको आन्दोलन चलाएको बताए।

हरेक समुदायको क्षमता अभिवृद्धि र सहभागिताको विषयमा एमाले गम्भीर रहेको उनको भनाई रहेको छ ।  

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ७ : ५४ बजे

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ 

नेकपा केन्द्रीय संयोजन समितिको बैठक

काठमाडाैँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक जारी

एआईजी दाहालले संवेदनशील सूचना चुहाएको पुष्टि : गृहमन्त्रीको हातमा पुगेको छानविन प्रतिवेदनमा के छ ?

काठमाडौँ – सशस्त्र प्रहरी बलका निलम्बित प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा