आज २०८० साल चैत ९ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८० साल चैत ९ गते शुक्रबारको राशिफल


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


16.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत ९ गते शुक्रबार तदनुसार सन् २०२४ मार्च २२ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। धार्मिक कार्यमा मन जानेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त होला। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारमा खुशी मिल्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। जागिरमा बढुवा हुने योग छ।

वृष : समय राम्रो छ। साथी र बन्धुको साथ मिल्नेछ। ठुलो काममा लगानी गर्नुपर्ने दिन छ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। धन परोपकारमा खर्च गर्ने अवसर मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानी राम्रो हुनेछ। परिवारले साथ दिनेछन्। शिक्षा र राजनीतिको क्षेत्रमा भने सचेत भएर लाग्नुपर्ने दिन छ।

कर्कट : समय राम्रो छ। धनलक्ष्मी योग परेको छ। काम गर्दा हल्ला कम गर्नु राम्रो होला। लगानीका क्षेत्र भने अब्बल छन्। यात्रामा जोखिम छ। पश्चिमको यात्रा गर्दै नगर्नु राम्रो हुन्छ। परिवारमा विश्वासको अभाव देखिन्छ।

सिंह : दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारमा भने विश्वासको संकट हुनसक्छ। भगवानको नाम लिएर कामको सुरुवात गर्नुपर्ने दिन छ।

कन्या : दैनिकी राम्रो छ। हरेक क्षेत्र अब्बल छन्। शिक्षामा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। गुरुबाट हुने सहयोग उपलब्ध नहुने जोखिम देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : समय राम्रो छ। तपाईंको बोलीमा धेरै मानिस प्रभावित हुनेछन्। लगानी गर्ने भए धेरै बाटा खुलेका छन्। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन सामान्य छ। आफूभन्दा ठुलाले असहयोग गर्ने जोखिम हुन्छ। शिक्षाको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा हात नलगाएकै राम्रो हुन्छ।

धनु : दिन राम्रो छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। तपाईंले लगानी गरेका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिएका छन्।

मकर : दिन सामान्य छ। कुरा काट्ने सक्रिय छन्। सामाजिक क्षेत्रमा दोष लगाउनेहरु सक्रिय छन्। अपरिचित व्यक्तिको साथ र सहयोग रहनेछ। परिवारको मायाले काम गर्ने परिस्थिति बन्नेछ।

कुम्भ : शुभ समाचार सुन्न पाइने छ। मनमा उत्साह बढ्नेछ। इष्ट मित्रहरु दाहिना छन्। तपाईंको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : दिन सामान्य छ। सामान हराउने जोखिम देखिन्छ। धर्मकर्ममा मन जानेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ। मन चञ्चल भएकाले धेरै विचार खेल्ने समय छ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ५ : १६ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,