केजरिवाल पक्राउविरुद्ध भारतको सर्वोच्च अदालतमा रिट « Khabarhub

केजरिवाल पक्राउविरुद्ध भारतको सर्वोच्च अदालतमा रिट


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार पक्राउ परेका भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल सर्वोच्च अदालत गएका छन्। पक्राउ गरेकोविरुद्ध भारतको सर्वोच्च अदालतमा रिट दर्ता भएको हो। उक्त रिटमाथि शुक्रबार नै सुनुवाइ हुने भारतीय सञ्चार माध्यमले लेखेका छन्।

केजरिवालसँगै यो मुद्दामा पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियासँगै आम आदमी पार्टीका नेता मुछिएका छन्।

आदमी पार्टीका नेताले पक्राउ परेका मुख्यमन्त्री केजरीवालले हिरासतबाटै सरकार चलाउनेसमेत बताएका छन्। केजरिवाल पक्राउ परेकोप्रति भारतका प्रतिपक्षी दलहरुलेसमेत विरोध गरेका छन्।

यसअघि भारतको इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी)ले भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित उनलाई पूर्जी जारी गरेको थियो।

भ्रष्टाचारविरोधी अभियानबाट राजनीतिमा उदाएको आम आदमी पार्टीका नेता केजरीवालमाथि मदिरा घोटाला प्रकरणको आरोप लगाइएको छ। आर्थिक अनियमितता र भ्रष्टाचारमाथि छानविन गर्न बनेको इडीले केजरीवालालई नवौं पटकको प्रयासपछि वयानका लागि बिहीबार साँझ गिरफ्तार गरेको हो।

यो पनि पढ्नुहोस्

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ९ : १४ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

प्रतिनिधिसभा निर्वाचन ६४ दिन बाँकी, ६४ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका

आज २०८२ साल पुस १६ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १६ गते बुधबार तदनुसार

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र