‘बलिदान’मा विराजका छोरा समीर पक्का, कुन बन्ला उनको डेब्यू फिल्म ? « Khabarhub

‘बलिदान’मा विराजका छोरा समीर पक्का, कुन बन्ला उनको डेब्यू फिल्म ?


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशन सन्तोष सेनको फिल्म ‘बलिदान’मा बिराज भट्टका छोरा समीर अनुबन्ध भएका छन् । निर्माण पक्षले शुक्रबार फिल्मको ‘फस्ट लुक’ पोटस्टर सार्वजनिक गर्दै समीर अनुबन्ध भएको जानकारी दिएको हो ।

निर्माण पक्षका अनुसार फिल्ममा समीरको प्रमुख भूमिका रहनेछ । वैशाखबाट छायांकनमा जाने योजना रहेको निर्देशन सेनले खबरहबलाई जानकारी दिए ।

सेनले भने, ‘हामीलाई एक्सन, इमोसन, लुक्स र डाइलग चारै कलामा निपूर्ण कलाकार चाहिएको थियो र समीरलाई लिएका हौं ।’

बलिदानमा अनुबन्ध भएसँगै समीरको डेब्यू फिल्म कुन बन्छ भन्ने सन्सय पैदा भएको छ । अभिनेता विराजले छोरालाई आफ्नै फिल्म ‘१२ गाउँ’बाट डेब्यू गराउने इच्छा देखाएका छन् । समीर प्रमुख मध्ये एक भूमिकामा रहेने यो फिल्म चैतभित्रै छायांकन जाने तयारीमा छ ।

यता बलिदानका निर्देशक सेन समीरको डेब्यू फिल्म आफ्नो हुने दाबी गर्छन् । आगामी दशैंमा फिल्म प्रदर्शनमा ल्याउने उनको तयारी छ । सेन भन्छन्, ‘हाम्रै फिल्मबाट समीरको डेब्यू हुन्छ ।’

बिराज भने समीरलाई विभिन्न फिल्मबाट अफर आए पनि आफ्नैबाट डेब्यू गराउन चाहेको बताउँदै आएका छन् । उनी भन्छन्, ‘मेरो फिल्ममा समीरको तालिका अगाडि छ । उसको काम सकेर बलिदानको लागि उपलब्ध गराउँछु ।’

बिराजले १२ गाउँको प्रदर्शन मिति भने खुलाएका छैनन् । तर बलिदानभन्दा अगाडि नै १२ गाउँ प्रदर्शनमा ल्याउने उनको तयारी छ । अब भने दर्शकले समीरको प्राविधिकरुपमा डेब्यू फिल्म कुन हुनेछ भन्नेबारे स्पष्ट हुन केही समय कुर्नुपर्ने भएको छ ।

१२ गाउँको निर्देशक र निर्माता विराज स्वयं हुन् । विराजको ब्यानरमा बन्ने र निर्देशन रहने यो दोस्रो फिल्म हो ।

त्यस्तै, आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानर र सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने सह-निर्माता प्रेम पुरी रहेका छन्।

यो पनि…

‘१२ गाउँ’ मा विराजका बाबुछोराको एक्सन

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  २ : ३३ बजे

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र

सञ्चारमन्त्री खरेल पोखरामा

पोखरा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पोखरा पुगेका

बालेन-रविको सम्झौताको विरोधमा हर्क साम्पाङ- मिडिया ट्रायल गरेर प्रधानमन्त्री घोषणा गरेछन्

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिका प्रमुख

प्रतिनिधिसभा निर्वाचन: आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक

रक्षा बमलाई प्रश्न: रवि-बालेन सहमतिमा जेनजी र सरकारबीचको १० बुँदे सम्झौता किन समेटिएन ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौंका