‘बलिदान’मा विराजका छोरा समीर पक्का, कुन बन्ला उनको डेब्यू फिल्म ? « Khabarhub

‘बलिदान’मा विराजका छोरा समीर पक्का, कुन बन्ला उनको डेब्यू फिल्म ?


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशन सन्तोष सेनको फिल्म ‘बलिदान’मा बिराज भट्टका छोरा समीर अनुबन्ध भएका छन् । निर्माण पक्षले शुक्रबार फिल्मको ‘फस्ट लुक’ पोटस्टर सार्वजनिक गर्दै समीर अनुबन्ध भएको जानकारी दिएको हो ।

निर्माण पक्षका अनुसार फिल्ममा समीरको प्रमुख भूमिका रहनेछ । वैशाखबाट छायांकनमा जाने योजना रहेको निर्देशन सेनले खबरहबलाई जानकारी दिए ।

सेनले भने, ‘हामीलाई एक्सन, इमोसन, लुक्स र डाइलग चारै कलामा निपूर्ण कलाकार चाहिएको थियो र समीरलाई लिएका हौं ।’

बलिदानमा अनुबन्ध भएसँगै समीरको डेब्यू फिल्म कुन बन्छ भन्ने सन्सय पैदा भएको छ । अभिनेता विराजले छोरालाई आफ्नै फिल्म ‘१२ गाउँ’बाट डेब्यू गराउने इच्छा देखाएका छन् । समीर प्रमुख मध्ये एक भूमिकामा रहेने यो फिल्म चैतभित्रै छायांकन जाने तयारीमा छ ।

यता बलिदानका निर्देशक सेन समीरको डेब्यू फिल्म आफ्नो हुने दाबी गर्छन् । आगामी दशैंमा फिल्म प्रदर्शनमा ल्याउने उनको तयारी छ । सेन भन्छन्, ‘हाम्रै फिल्मबाट समीरको डेब्यू हुन्छ ।’

बिराज भने समीरलाई विभिन्न फिल्मबाट अफर आए पनि आफ्नैबाट डेब्यू गराउन चाहेको बताउँदै आएका छन् । उनी भन्छन्, ‘मेरो फिल्ममा समीरको तालिका अगाडि छ । उसको काम सकेर बलिदानको लागि उपलब्ध गराउँछु ।’

बिराजले १२ गाउँको प्रदर्शन मिति भने खुलाएका छैनन् । तर बलिदानभन्दा अगाडि नै १२ गाउँ प्रदर्शनमा ल्याउने उनको तयारी छ । अब भने दर्शकले समीरको प्राविधिकरुपमा डेब्यू फिल्म कुन हुनेछ भन्नेबारे स्पष्ट हुन केही समय कुर्नुपर्ने भएको छ ।

१२ गाउँको निर्देशक र निर्माता विराज स्वयं हुन् । विराजको ब्यानरमा बन्ने र निर्देशन रहने यो दोस्रो फिल्म हो ।

त्यस्तै, आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानर र सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने सह-निर्माता प्रेम पुरी रहेका छन्।

यो पनि…

‘१२ गाउँ’ मा विराजका बाबुछोराको एक्सन

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  २ : ३३ बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ