रामबाबुलाई आँचलको प्रश्न : पडकास्टको आग्रह सुनेर फिल्ममा लिनुभएको हो ? « Khabarhub

रामबाबुलाई आँचलको प्रश्न : पडकास्टको आग्रह सुनेर फिल्ममा लिनुभएको हो ?


९ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘डिग्री माइला’को टेलर सार्वजनिक कार्यक्रममा नायिका आँचल शर्माले निर्देशक रामबाबु गुरुङलाई आफूलाई अनुबन्ध गर्नुको कारण सोधेकी छन् ।

कमलपोखरीमा शुक्रबार आयोजना गरिएको सो कार्यक्रममा आँचलले बोल्ने क्रममा रामबाबुसँग काम गर्ने तीव्र इच्छाको साथ पखाइमा बसेको पूरा भएको बताइन् । काम गर्ने इच्छाका कारण आफूलाई फिल्ममा लिन ‘पडकास्ट’बाटै आग्रह गरेको प्रशंगसमेत उनले सुनाइन् ।

आँचलले भनिन्, ‘मलाई रामबाबु दाईसँग काम गर्ने यति मन थियो । पडकास्टबाटै मलाई फिल्ममा लिनू भनेको थिएँ ।’

सोही आग्रह सुनेर आफूलाई फिल्ममा अनुबन्ध गरेको हुन सक्ने उनको आशंका थियो । त्यसपछि उनले छेउमै रहेका निर्देशक रामबाबुलाई सोधिन्, ‘त्यही पडकास्ट सुनेर त तपाईंले मलाई लिनु भएको त होइन नि ?’

रामबाबुले मुस्काउँदै टाउको हल्लाए । अर्थात् होइन भनेर संकेत गरे ।

दयाहाङ राई र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म चैत ३० बाट प्रदर्शनमा आउँदै छ ।

प्रकाशित मिति : ९ चैत्र २०८०, शुक्रबार  ६ : १६ बजे

रविसँग गोप्य छलफलपछि प्रधानमन्त्री बालेन संसद्‍मा झुल्किए

काठमाडौं- सरकारका एकपछि अर्को काम विवादमा पर्दै गएपछि घेराबन्दीमा परेका

बीमित हित संरक्षणमा गम्भीर छौँ : बिमा प्राधिकरण

काठमाडौं– नेपाल बिमा प्राधिकरणले बीमित हित संरक्षण एवं बीमा व्यवसायको

खमेनी परिवारबारे ट्रम्पको नयाँ दाबी, हर्मुजमा शुल्क असुल्ने प्रस्ताव पनि

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्ला अली खमेनीका

लगातारको वर्षाका कारण चितवन जलमग्न

काठमाडौं– लगातारको वर्षाका कारण चितवनको विभिन्न स्थान डुवानमा परेको छ

सांसदहरूको माग : सुकुमवासी समस्या समाधान र गणेश नेपाली घटनाको निष्पक्ष छानबिन

 काठमाडौं- प्रतिनिधिसभाका सांसदहरूले सुकुमवासीको समस्या तत्काल समाधान गरी उचित व्यवस्थापन गर्न