मस्को आतंकवादी आक्रमण अपडेट : ६० जनाको मृत्यु, १०० बढी घाइते « Khabarhub

मस्को आतंकवादी आक्रमण अपडेट : ६० जनाको मृत्यु, १०० बढी घाइते


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसको मस्कोस्थित एक कन्सर्ट हलमा भएको आतंकवादी आक्रमणमा मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

रुसले मस्को बाहिर एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६० जना मारिएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ।

इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतङ्कवादी हमला भनेका छन् ।

सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका कम्तीमा चार जना व्यक्तिहरूले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने क्रममा गोली चलाइरहेको देख्न सकिन्छ।

कम्प्लेक्सको छतमा आगोको ठूलो मुस्लो देखिएको थियो । रूसको राष्ट्रिय गार्डले हमलाकारीको खोजी गरिरहेको छ ।

अमेरिकी अधिकारीहरूले आफ्नो गुप्तचरी सूचना इस्लामिक स्टेटको दाबीसँग मेल खाएको जनाएको छ।

मस्कोस्थित अमेरिकी दुतावासले भीडभाड हुने क्षेत्रमा नजान आफ्ना नागरिकलाई अलर्ट गरेको जनाइएको छ ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  ९ : १५ बजे

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्री यादवको आग्रह

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको

अबदेखि सवारीचालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न सकिने

काठमाडौं-  सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले

प्रधानमन्त्री शाहसँग गभर्नर पौडेलको भेट, शेयर बजार र बैंकिङ क्षेत्रबारे छलफल

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले

साउनका लागि पशुपति क्षेत्रमा तयारी, सोमबार चारवटा लाइन राख्ने

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजा आराधना एवं दर्शनका

ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना गरिएको छ ।