अतिक्रमणको चपेटामा चुँदीखोला | Khabarhub Khabarhub

अतिक्रमणको चपेटामा चुँदीखोला


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित चुँदीखोला अतिक्रमणको चपेटामा परेको छ । डुम्रे बजार नजिकै बगेको चुँदी खोलाको दायाँबायाँ अतिक्रमण गरी धमाधम संरचना निर्माण हुने क्रम बढेको छ । 

स्थानीयले दुवै तर्फबाट चुँदीखोला मिचेर साँघुरो बनाउँदै लगेका छन् । दशभन्दा  बढी घरका पिल्लर खोलाबाटै उठाइएको छ । स्थानीयले आफ्नो जग्गासँगै जोडिएको खोला क्षेत्रमा ग्याबिन र पक्की पर्खाल लगाउँदा अर्को क्षेत्रतिर कटानको जोखिम बढेको छ । फोहोर पानी र ढलसमेत खोलामा मिसाउँदा खोला प्रदूषित बन्दै गएको छ ।

खोला किनारबाट बन्दीपुर गाउँपालिकातर्फ करिब १५ पक्की घर निर्माण गरी होटल तथा विभिन्न व्यवसाय सञ्चालन गरिएको छ । भानु नगरपालिकातर्फ पनि चुँदीखोला अतिक्रमण गर्ने क्रम बढेको छ । डुम्रेबजारतर्फ बजार विस्तार गर्ने ठाउँ सकिएपछि पारि भानु नगरपालिकातर्फ बस्ती विस्तार हुन थालेको छ । 

चुँदी खोलाबाट मापदण्ड विपरित पुरानो पर्खालभन्दा करिब सात-आठ फिट खोलातर्फ पक्की पर्खाल निर्माण गरिएको छ । स्थानीय सूर्यकुमार श्रेष्ठले करिब तीन रोपनी  क्षेत्रफलमा चुँदी खोलाबाटै मापदण्ड विपरित पर्खाल लगाइरहेका छन् । 

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले सार्वजनिक जग्गा मिचिएको पाइए कारवाही गरिने बताए। सार्वजनिक जग्गामा घर नबनाउन गाउँपालिकाले पटक-पटक सूचना जारी गरे पनि अटेर गरी संरचना बनाउने क्रम नरोकिएको उनको भनाइ छ । 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १ : ४० बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते