अतिक्रमणको चपेटामा चुँदीखोला « Khabarhub

अतिक्रमणको चपेटामा चुँदीखोला


१० चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित चुँदीखोला अतिक्रमणको चपेटामा परेको छ । डुम्रे बजार नजिकै बगेको चुँदी खोलाको दायाँबायाँ अतिक्रमण गरी धमाधम संरचना निर्माण हुने क्रम बढेको छ । 

स्थानीयले दुवै तर्फबाट चुँदीखोला मिचेर साँघुरो बनाउँदै लगेका छन् । दशभन्दा  बढी घरका पिल्लर खोलाबाटै उठाइएको छ । स्थानीयले आफ्नो जग्गासँगै जोडिएको खोला क्षेत्रमा ग्याबिन र पक्की पर्खाल लगाउँदा अर्को क्षेत्रतिर कटानको जोखिम बढेको छ । फोहोर पानी र ढलसमेत खोलामा मिसाउँदा खोला प्रदूषित बन्दै गएको छ ।

खोला किनारबाट बन्दीपुर गाउँपालिकातर्फ करिब १५ पक्की घर निर्माण गरी होटल तथा विभिन्न व्यवसाय सञ्चालन गरिएको छ । भानु नगरपालिकातर्फ पनि चुँदीखोला अतिक्रमण गर्ने क्रम बढेको छ । डुम्रेबजारतर्फ बजार विस्तार गर्ने ठाउँ सकिएपछि पारि भानु नगरपालिकातर्फ बस्ती विस्तार हुन थालेको छ । 

चुँदी खोलाबाट मापदण्ड विपरित पुरानो पर्खालभन्दा करिब सात-आठ फिट खोलातर्फ पक्की पर्खाल निर्माण गरिएको छ । स्थानीय सूर्यकुमार श्रेष्ठले करिब तीन रोपनी  क्षेत्रफलमा चुँदी खोलाबाटै मापदण्ड विपरित पर्खाल लगाइरहेका छन् । 

भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले सार्वजनिक जग्गा मिचिएको पाइए कारवाही गरिने बताए। सार्वजनिक जग्गामा घर नबनाउन गाउँपालिकाले पटक-पटक सूचना जारी गरे पनि अटेर गरी संरचना बनाउने क्रम नरोकिएको उनको भनाइ छ । 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार  १ : ४० बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड